स्मार्ट अखबार संवाददाता,
३० चैत्र २०७८

अर्जुनचौपारी गाउँपालिकाले नयाँ वर्ष २०७९ सालको पहिलो हप्ता संचालन हुन गैरहेको “व्यक्तिगत घटना दर्ता सप्ताह” को प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको छ। २०७९ साल वैशाख १ देखि ७ गते सम्म सञ्चालन हुन गइरहेको “व्यक्तिगत घटना दर्ता सप्ताह” को प्रचार प्रसारको लागि पालिकाले आज बिहान पालिकाको केन्द्र अर्जुनचौपारी बजार र आसपासका क्षेत्रमा प्रभात फेरि कार्यक्रम सम्पन्न गरेको हो।


आज बिहान सम्पन्न उक्त प्रभातफेरी एवं र्‍याली कार्यक्रममा स्थानीय जनप्रतिनिधि,नेपाल प्रहरी,गाउँपालिकाका सम्पुर्ण शाखाका प्रमुख एवं कर्मचारीहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा व्यक्तिगत घटना दर्ताको आवश्यकता र महत्त्व समेटिएको सचेतनामुलक संचार सामाग्रीको प्रशारण सहित अर्जुनचौपारी बजार, मजुवा हुदैं बजार परिक्रमा गरिएको थियो।

जन्म, मृत्यु, बसाइँसराइ र सम्बन्ध बिच्छेद जस्ता व्यक्तिगत घटनाहरू ३५ दिन भित्र स्थानीय निकायमा दर्ता गर्दा कुनै शुल्क तिर्नु पर्दैन। बालबालिकालाई विद्यालय भर्ना गर्न, नागरिकता र पासपोर्ट बनाउन, सामाजिक सुरक्षा प्राप्त गर्न, राष्ट्रिय परिचयपत्र बनाउन अनिवार्य रूपमा जन्मदर्ता गरेको हुनुपर्छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले वैशाख १ गतेदेखि ७ गतेसम्म देशैभर अभियानका रूपमा “व्यक्तिगत घटना दर्ता सप्ताह” संचालन गर्दैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here