डिसीएमसी स्याङ्जाको बैठकः जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह

साउन १७, २०७९


१७ साउन २०७९
युवराज पौडेल, स्याङ्जा

स्याङ्जा जिल्लामा पुनः कोरोना महामारीको नयाँ भेरियन्टसहितको सङ्क्रमण देखिएको भन्दै जिल्ला कोभिड व्यवस्थापन केन्द्र स्याङ्जाको बैठक आज जिल्ला प्रशासन कार्यालय स्याङ्जामा बसेको छ । सो बैठकबाट प्रमुख जिल्ला अधिकारी तथा डिसिएमसीका अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षतामा बसी कोभिड सङ्क्रमणको नयाँ भेरियन्ट पुनः देखिएकाले सचेत बन्न सर्वसाधारणलाई अपिल गरिएको छ ।

बैठकबाट घरबाट बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, सरकारी तथा सार्वजनिक निकायहरुले अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, धेरै मानिसहरु जम्मा हुने भीडभाडका क्रियाकलाप नगर्न अनुरोध गरिएको छ । विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम तथा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा जनस्वास्थ्यका गर्न लागि बैठकले जिल्लाबासीलाई अपिल गरेको छ ।



सपिङ मल, होटल तथा रेष्ट्ररेन्ट तथा अन्य प्रकारका व्यवसाय सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै सङ्क्रमण फैलिन नदिन आम सर्वसाधारण, नागरिक समाज, पत्रकार, सङ्घ संस्था लगायत सबैले समन्वयकारी भूमिका निर्वाह गर्न पनि अपिल गरिएको छ ।