प्रदेश सचिवका एक उत्कृष्ट उम्मेदवार डण्ड पानी पङेनी

मङि्सर ०१, २०७८


भीरकोट खबर डेस्क, १ मङ्सिर २०७८

नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा स्याङ्जाको निर्वाचन क्षेत्र नं २ क बाट प्रदेश सचिवमा उम्मेदवारी दिएका डण्डपानी पङेनी नेपाली काङ्ग्रेसको राजनीतिमा अविचलित रूमपा सकृय राजनीतिक , सामाजिक तथा शैक्षिक व्यक्तित्व हुनुहुन्छ।
सैद्धान्तिक बहस, छलफल र अन्तरक्रिया मार्फत नै पार्टी मजबुत बन्ने धारणा राख्ने पङेनीले नेपाल विद्यार्थी संघ स्याङ्जाको जिल्ला समिती सदस्य हुँदै अहिले सम्म राजनीतिक यात्रामा निरन्तर लागिरहनुभएको छ ।वालिङ सेरोफेरोका विभिन्न शैक्षिक संस्थाहरूमा नेतृत्वदायी भूमिकामा रहनुभएका पङेनीले सामाजिक एवं गैरसरकारी संस्था वालिङ जेसिज र लायन्स क्लब वालिङमा पनि आवद्ध हुनुहुन्छ।स्पष्ट वक्ता, शैक्षिक एवं वैचारिक व्यक्तित्व पङेनीले कम्युनिस्टको बाहुल्य रहेको आफ्नो क्षेत्रमा पनि अविचलित रूपमा पार्टी संगठन निर्माणमा लागि परिरहनुभएको छ।

जनतामाझ रमाउने र पार्टीप्रती निष्ठावान पङेनीले संकटकालमा पनि क्षेत्रीय सचिवको भूमिका सफलतापूर्वक निर्वाह गर्नुभएको थियो। सिद्धान्तविहीन अन्तरद्वन्द्व र अस्वस्थ प्रतिस्प्रर्धात्मक नेतृत्व चयनले पार्टीको शाख कमजोर पार्ने विचार राख्ने पङेनीले प्रजातान्त्रिक समाजवाद र लोककल्याणकारी राज्यको अवधारणालाई स्थानीय तहमा कसरी सफल कार्यान्वयन गर्न सकिन्छ भन्ने नीतिगत व्यवहारिक कार्ययोजना भएको व्यक्तिहरूलाई मात्र पार्टीको नेतृत्व दिनुपर्ने धारणा राख्नुहुन्छ।अध गरौ ।
नेतृत्व छनौट गर्दा राजनैतिक निष्ठा, त्याग, बलिदान, योगदान, लगनशीलनता, इमान्दारिता, क्रियाशीलता र समन्यवकारी भूमिकालाई मनन गर्न आग्रह गर्दै क्षेत्रीय प्रतिनिधिहरूलाई व्यक्तिको गुणदोष राम्रोसँग केलाइ मतदान गर्न आग्रह गर्नुभएको छ।आफ्नो लागि भन्दा पनि पार्टीको लागि सोच्ने पङेनी नेतृत्वले विकासका लागि राजनीति गर्नुपर्ने तर्क राख्नुहुन्छ।
पार्टीका हरेक कार्यक्रम र गतिविधिमा सक्रिय सहभागिता जनाउने पङेनी सामाजिक र विनोदप्रिय शैलीका कारण कार्यकर्ता माझ लोकप्रिय हुनुहुन्छ।विश्व हिन्दु युवा संघ नेपालको केन्द्रीय सदस्य समेत रहनुभएका पङेनीले देशको धार्मीक र सांस्कृतिक विविधताको संरक्षणमा पनि विशेष चासो राख्नुहुन्छ।हरेक प्रजातान्त्रिक आन्दोलनमा सकृय पङेनीले आम मतदातालाई आग्रह पूर्वाग्रहको आधारमा नभै व्यक्तिको सक्षमताको आधारमा अमूल्य मतदान गर्न अनुरोध गर्नुभएको छ। व्यक्ती भन्दा पार्टीको लागि, र पार्टी भन्दा जनताको लागि राजनीति गर्नुपर्ने धारणा राख्ने पङेनी नेपाली काङ्ग्रेस पार्टीको शाख जोगाउन सक्ने प्रदेश सचिवका एक उत्कृष्ट उम्मेदवार हुनुहुन्छ।