साइबर अपराध कसुरमा एक स्याङ्जाली महिला पक्राउ

जेठ २७, २०८०


राम बहादुर रोकाहा , स्याङ्जा
२७ जेठ २०८०

स्याङ्जा प्रहरीले आफ्नै श्रीमानका भुपु प्रेमिकाको निजि तस्बिरहरु छरपस्ट पारेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका -१३, गिजिन्डाँडा बस्ने ४२ वर्षीय ज्ञानु थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

उनलाई पीडितले नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा दिएको निवेदनका आधारमा विद्युतीय ऎन २०६३ अपराध अन्तर्गतको कसुरमा पक्राउ गरिएको हो ।
साइबर ब्युरोमा आएको निवेदनमा पीडित महिलाले सामाजिक सन्जाल फेसबुकमा पुरुषको एक एकाउन्टबाट मित्रताको प्रस्ताव (friend request) आएको र उनले स्वीकार गर्दै कुराकानी गर्ने क्रममा एकअर्कालाई मन पराई प्रेम सम्बन्धमा रहेको र सो समयमा केही निजि एवं अन्तरङ्ग फोटो-भिडियोहरु साटासाट गरेको तर निज पुरुषको विवाह समेत भइसकेको थाहा पाएपछि अनलाइन संवाद गर्न छोडिएको उल्लेख गरिएको छ ।

विज्ञापन

पीडित महिलाले संवाद टुटाएपछि थापाले आफ्ना श्रीमान् र पीडित भनिएकी महिलाको एक-अर्कालाई मन पराई प्रेम सम्बन्धमा रहँदा साटासाट गरेका केही अन्तरङ्ग फोटो – भिडियोहरु पीडित महिलाकी भाउजुको म्यासेन्जरमा पठाई छरपस्ट पार्ने, दु:खहैरानी दिने र चरित्रा हत्या गरेको आरोप लगाउँदै उक्त घटनामा संग्लनलाई कानुन बमोजिम कारबाहीका लागि निवेदन दिइएको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका उपनिर्देशक प्रहरी उपरीक्षक एवं सुचना अधिकारी पशुपति कुमार रायले बताउनुभयो ।

बिज्ञापन

उहाँले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सहयोगमा पक्राउ परेकी थापालाई सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०८०/०२/२५ गतेको आदेशले सात दिन म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।