विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश

फागुन २८, २०७८


मित्र ढुंगाना, हरिनास
२८ फागुन २०७८

नेकपा एमाले हरिनास गाउँ कमिटीद्वारा आयोजना गरिएको स्थानीय तह निर्वाचन केन्दित कार्यकर्ता प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेपाली कांगेसका स्थानीय नेताहरू पार्टी परित्याग गरि एमाले प्रवेश गरेका छ्न्। हरिनास वडा नं ४ पिपलडाँडामा सम्पन्न भएको कार्यक्रममा नेकपा माओवादी हरिनासका सचिवालय सदस्य गुप्त बहादुर बि.क. र माओवादी केन्द्रका वडा नं १ अध्यक्ष खेम बहादुर सुनार पार्टी परित्याग गरि एमाले प्रवेश गर्नुभएको हो।यसैगरी नेपाली कांग्रेसका वडा नं ५ का सदस्य कर्ण बहादुर नेपाली पार्टी परित्याग गरि एमाले प्रवेश गर्नुभएको हो। कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले प्रदेश कमिटी सदस्य मीन प्रसाद गुरुङ,नेकपा एमालेका पाटी स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैरे पारस, विश्व पौडेल, अनेरास्ववियु स्याङ्जाका अध्यक्ष सगुन राना लगायत दर्जनौं नेताको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै हरिनास गाउँकमिटी अध्यक्ष खिमनारायण मानन्धरले “म जिताउछु मेरो वडा, म जिताउछु मेरो पालिका अभियान” मा निरन्तर रूपमा लाग्न सबै नेता तथा कार्यकर्ताहरूलाई अनुरोध गर्नु भएको थियो। हरिनासमा पार्टीको अवस्था अझ सुदृढ बनाउनुपर्ने बताउँदै उहाँले अहिले सम्म हरिनासका सबै दल मिलेर चुनावमा आए पनि डराउनु नपर्ने बताउनु भएको थियो।