गाई संरक्षण गर्न अन्तरक्रिया

माघ २१, २०७९


स्मार्ट संवाददाता,
२१ माघ २०७९

विश्व हिन्दू युवा संघ स्याङ्जाले गाईको संरक्षण एवं गाईको महत्त्व विषयमा अन्तरक्रिया गरेको छ। भीरकोट नगरपालिकाको वडा नं ८ मा रहेको गौशालामा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको हो। विश्व हिन्दु युवा संघ स्याङ्जाका जिल्ला अध्यक्ष नवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका निवर्तमान मेयर छायाराम खनाल, नगरका उप प्रमुख भगवती रेग्मी अर्याल, नगर प्रवक्ता एवं वडा नं १ का अध्यक्ष दीपेन्द्र केसी,विश्व हिन्दु महासंघ भीरकोटका अध्यक्ष एवं वडा नं ८ का अध्यक्ष नन्दलाल खनाल, विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य एवं वालिङ -११ का वडा अध्यक्ष डण्डपानी पंगेनी,विश्व हिन्दू युवा संघ स्याङ्जाका प्रवक्ता हरी रेग्मी, जिल्ला सदस्य बबिन पाठक, स्थानीय आमा समुह ,गौशालाका अध्यक्ष, बौद्धिक वर्ग र सर्वधारणहरूको लगायतको रहेको थियो ।

विज्ञापन

कार्यक्रममा प्रमुख अतिथी छायाराम खनालले गाईको महत्त्वको बारेमा चर्चा गरेका थिए। उनले गाईको धार्मिक रुपमा मात्र नभई धेरै ठाउँमा उपयोगिता रहेको कुरा बताएका थिए। थियो। गौमुत्र, गोबर र दुधको धार्मिक एवं वैज्ञानिक महत्त्व भएकाले गाईको संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ थियो।

उप प्रमुख अर्यालले पनि गाईलाई हामीले लक्ष्मीको रुपमा पुज्ने र यसको धेरै नै महत्त्व रहेको कुरा बताउँदै गौशालाको संरक्षण र विकासमा पालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

बिज्ञापन

कार्यक्रममा विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले गाई संसारको माता रहेको र गाईको आयुर्वेदमा ३६ हजार सूत्र भएको यसलाई हामीले चिन्नु पर्ने कुरा बताए। गौशाला संरक्षण गर्न विश्व हिन्दू युवा संघ सधैं लागि पर्ने कुरा बताउँदै गौ संरक्षणका लागि आफूहरु जिल्ला व्यापीरुपमा लाग्ने उनको भनाई थियो।

साथै कार्यक्रममा निवर्तमान मेयर खनाललाई विश्व हिन्दू युवा संघ स्याङ्जाले गौ संरक्षणमा उनले मेयर हुँदा र अहिले गरेको कामको उच्च मूल्यांकन गर्दै सम्मान गरेको थियो।