छाँयाक्षेत्रमा साउनमा मात्रै १२ लाख भन्दा बढी आम्दानी

साउन ३१, २०७९


स्मार्ट अखबार संवाददाता
३१ साउन २०७९

स्याङ्जाको प्रसिद्ध छाँयाक्षेत्र मन्दिरमा साउन महिनामा मात्रै १२ लाख भन्दा बढी नगद आम्दानी भएको छ। साउनको हरेक सोमबार भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेकाले १२ लाख ६० हजार ६ सय ९९ रूपैयाँ संकलन भएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार पार्किङ सुविधा , स्टल बिक्रि , द्रुत सेवा, दानपेटी संकलन ,भजन किर्तन, चामल बिक्री बाट सो नगद रकम संकलन भएको हो। यहि साउन महिनादेखि माछापुच्छ्रे बैंकको सहयोगमा क्युआर कोडबाट समेत मन्दिर व्यवस्थापन समितिकै खातामा दान रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ।

जेसिजको सक्रियतामा मन्दिर सरसफाइ

हिजो साउनको अन्तिम सोमबार भीरकोट जेसिजको सक्रियतामा मन्दिर परिसरको सरसफाइ गरिएको छ । भीरकोट जेसिज र अन्य सामाजिक संघसंस्थाहरूको सहकार्यमा सरसफाइ गरिएको सरसफाई कार्यक्रम संयोजक रूद्र ढुंगानाले जानकारी दिनुभयो। हिन्दु धर्मावलम्बीहरूको पवित्र श्रावण महिनाको अन्तिम सोमबारको दिन करिब १३ हजार श्रद्धालु भक्तजनहरूले पवित्र धार्मिक तीर्थस्थल छायाँक्षेत्रमा पूजाअर्चना तथा स्नान गरेका थिए। भक्तजनहरूको आउने क्रम रोकिएपछि हिजो सांँझ भीरकोट जेसिज, रामभञ्जाङ युवा क्लब लगायतका संघसंस्थाहरूले मन्दिर परिसरको सरसफाइ गरेका हुन्।