वैशाख ९ गते रक्तदान कार्यक्रम हुँदै

बैशाख ०७, २०८०


स्मार्ट संवाददाता, भीरकोट
७ वैशाख २०८०

सन्त निरंकारी मण्डल बयरघारीकाे आयोजनामा वैशाख ९ गते शनिबार वृहत् रक्तदान कार्यक्रम संचालन हुने भएको छ।नेपाल रेडक्रस सोसाइटी, कास्कीको प्राविधिक सहयोगमा सन्त निरंकारी मण्डलको कार्यालय बयरघारीमा हुने रक्तदान कार्यक्रममा भीरकाेट जेसिज र बयरघारी पिस युथ क्लबको समेत सहयोग रहने आयोजकले जनाएको छ।

मानव एकता दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सहभागी हुन आयोजक संस्थाका भीरकोट इन्चार्ज कुल बहादुर के.सी. ले अनुरोध गरेका छ्न्। शनिबार बिहान ८ बजेदेखि सुरू हुने कार्यक्रममा सहभागी भै मानवताको सेवामा जुट्न उनको अनुरोध छ। सहयोगी संस्था भीरकोट जेसिजका अध्यक्ष सुन्दर कोइरालाले रक्तदान कार्यक्रमलाई सफल पार्न सम्पूर्ण भीरकोटबासी युवायुवतीहरूलाई आग्रह गरेका छ्न्। सकेसम्म धेरै युनिट रगत संकलन गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हुँदा आफ्नो गाउँठाउँमा रक्तदानमा कार्यक्रमको विषयमा प्रचारप्रसार गर्न समेत सम्पूर्ण शुभेच्छुक व्यक्ती र संघसंस्थालाई उनको अनुरोध छ।

विज्ञापन