आज विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन
०१ आश्विन २०७९
यामनाथ रेग्मी
विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ । भारतीय संस्कृतिका अन्तर्गत पनि शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा भगवान विश्वकर्माको महत्त्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्बरलाई श्रम दिवसका रूपमा मनाउने गरिन्छ । यो उत्पादन-वृदि र राष्ट्रिय समृध्दिका लागि एक संकल्प दिवस हो ।
यो जय जवान, जय किसान, जय विज्ञान नारालाई पनि श्वम दिवसको संकल्प समाहित गर्दछ । यो पर्व कन्या सङ्क्रान्ती अथवा प्रतिवर्ष १७ सेप्टेम्बर विश्वकर्मा-पुजाका रूपमा सरकारी अनि गैर सरकारी ईन्जिनियरिङ संस्थामा धेरै नै हर्षलासका साथ सम्पन्न हुने गर्छ । भाद्रपद महिनाको शुक्ल प्रतिपदा कन्याको संक्रान्ति (१७ सेप्टेम्बर), कार्तिक शुक्ल प्रतिपदा (गोवर्धन पूजा), भाद्रपद पञ्चमी (अङ्गिरा जयन्ति) दिवस आदि विश्वकर्मा-पूजा महोत्सव पर्व हो । यी पर्वहरूमा भगवान विश्वकर्माको पुजा-अर्चना गरिन्छ ।