भीरकोट भिल्ला अब बयरघारी बजारमा

माघ १५, २०७९


स्मार्ट संवाददाता, भीरकोट
१५ माघ २०७९

विज्ञापन

स्याङ्जाको भीरकोट नगरपालिकामा संचालित चर्चित होटल भीरकोट भिल्लाले आइतबारदेखि पालिकाको केन्द्र बयरघारी बजारबाट सेवा दिन थालेको छ। बयरघारी बजारको प्रगतिटोलमा नयाँ सजावटका साथ सेवा शुभारम्भ गरेको होटलको नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले समुद्घाटन गरेका हुन्।

युवा व्यवसायी सूर्य अधिकारी र भुवन सिंह गुरूङले आँधीखोला पारी वर्षौसम्म पनि सडकको व्यवस्थित र दिगो विकास नभएकाले बजार क्षेत्रमै होटल सार्न बाध्य भएको बताए।

१० वटा कोठा ३० जना क्षमताको बैठक हल भएको यो होटल पारिवारिक जमघट, जन्मदिन विषेश कार्यक्रम गर्न र खाजा , खाना , नास्ता र बसोबासका लागि समेत पालिकामै सर्वोत्कृष्ट रहेको संचालकको दाबी छ। एकै पटक २५ जनालाई खाना/ खाजा र ५० जनालाई गासबासको क्षमता भएको यो होटलमा स्थानीय र अन्तरास्ट्रिय स्वादका खाद्य परिकार पाइन्छ।
जन्मदिन मनाउने सुविधा ,आवश्यकता अनुसार बर्थडे केकको को सुविधा, विवाह, इन्गेजमेन्ट को लागि समेत सुविधा उपलब्ध हुने संचालक अधिकारीले बताए।