बालोदय मा.वि. मा तिहार विशेष अतिरिक्त क्रियाकलाप सम्पन्न

कार्तिक १७, २०७८


नारायण प्रसाद कोइराला , १७ कार्तिक २०७८

नेपालीहरूको दोस्रो महान पर्व तिहारको अवसर पारेर आज बालोदय मा. वि,भीरकोट ६ सुन्दरबजारमा तिहार विशेष ३ वटा अतिरिक्त क्रियाकलापहरू सम्पन्न भएका छन् । तिहार विशेष कार्यक्रम अन्तर्गत पूर्व प्राथमिक तहको Festival Quiz, कक्षा १-५ को देउसी भैलो प्रतियोगिता, कक्षा ६ -१० को तिहार विशेष नाटक प्रतियोगिता आयोजना गरिएको थियो ।

 

पुर्व प्राथमिक तहको Festival Quiz मा सन्देश थापा, शसांक तिवारी र डार्बिन कोइरालाको समूह प्रथम भएको छ। कक्षा १-५ को देउसी भैलो प्रतियोगितामा कक्षा ५ प्रथम भएको छ।यसैगरी कक्षा ६-१० अन्तर्गतको तिहार विशेष नाटक प्रतियोगितामा कक्षा १० सर्वोत्कृष्ट नाटक प्रस्तुत गर्दै प्रथम हुन सफल भएको छ। विद्यालयका प्रधानाध्यापक श्री अमृत अर्यालको अध्यक्षतामा सम्पन्न भएका प्रतियोगिताहरूको संचालन कक्षा १० छात्रा एवं स्कुल क्याप्टेन रीता अर्यालले गर्नुभएको थियो । देउसी प्रतियोगिता र तिहार विशेष नाटक प्रतियोगितामा शिक्षिका उमा कोइराला र अतिरिक्त क्रियाकलाप संयोजक सुष्मा अर्यालले निर्णयकको भूमिका निर्वाह गर्नुभएको थियो।विद्यालयले तयार गरेको शैक्षिक कार्यपात्रो अनुसार तीन तहको अतिरिक्त क्रियाकलाप संचालन हुँदै आएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक सुष्मा अर्यालले जानकारी दिनुभयो।