नेविसंघद्वारा SEE उत्तिर्ण विद्यार्थीलाई सम्मान


नेपाल विद्यार्थी संघ भीरकाेट नगर कार्यसमितिले SEE उत्तिर्ण विद्यार्थीहरुलाई बधाई, सम्मान तथा करिअर काउन्सिलिङ कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रममा प्रमुख अतिथि भीरकाेट नगरपालिका उपप्रमुख भगवती रेग्मी अर्यालले विद्यार्थी सम्मान एवं करिअर काउन्सिलिङ जस्ता कार्यक्रमले विद्यार्थीहरु नेपालमै बस्ने वातावरण सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा भीरकाेट ७ का वडा अध्यक्ष तारा प्रसाद अर्याल, भीरकाेट १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता दिपेन्द्र के सी, विभिन्न क्यापसका स्ववियु सभापतिहरु, ने वि संघ जिल्ला सभापति, केन्द्रीय सदस्यहरु, नेपाली काङ्ग्रेस भीरकाेटका सभापति याम प्रसाद अधिकारी (लक्ष्मण), साथै नेपाली काङ्ग्रेसका महासमिति सदस्य तथा पुर्व मेयर छायाराम खनालले आफ्नाे मन्तव्य राख्नुभएकाे थियाे ।
विद्यार्थी बधाई, सम्मान तथा करिअर काउन्सिलिङ कार्यक्रममा भीरकाेट नगरपालिकाबाट SEE उत्तीर्ण ६८ जना विद्यार्थीहरुलाई सम्मान गरिएकाे कार्यक्रमका संयाेजक तथा नगर काेषाध्यक्ष भुवन खत्रीले जानकारी दिनुभयाे । कार्यक्रममा विद्यार्थीहरुलाई भाग्याेदय मा वि का पूर्व प्रधानाध्यापक रेशम प्रसाद रेग्मी र ने वि संघ केन्द्रीय सदस्य रेजिना खड्काले करिअर काउन्सिलिङ गर्नुभएकाे थियाे ।
नगर सभापति मुनाल गाेदारकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य ने वि संघकी नगर उपाध्यक्ष प्रतीक्षा अर्यालले राख्नुभएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन पब्लिक एकेडेमी मा अध्ययनरत विद्यार्थी द्वय उपसना थापा र भगवती रेग्मीले गर्नुभएकाे थियाे ।