आफ्नो खुट्टा दह्रो छंदै उसले किन बैसाखी रोज्यो

साउन ३१, २०७९


धुर्व शर्मा पंगेनी
२३ साउन २०७९

ठुला जंघार एक्लै तर्यो खोल्सी तर्न सहारा खोज्यो

आफ्नो खुट्टा दह्रो छंदै उसले किन बैसाखी रोज्यो ।

बैरी बलियो मान्यो कि , लौरी कमजोर ठान्यो कि

बुढेस ला झैं मान्यो कि , पक्ष घातले हान्यो कि

लोभ लालसमा मस्क्यो कि, अरु देखेर झस्क्यो कि



परिबन्धमा फस्यो कि, छांगाबाट खस्यो कि

ठुला जंघार एक्लै तर्यो खोल्सी तर्न सहारा खोज्यो

आफ्नो खुट्टा दह्रो छंदै उसले किन बैसाखी रोज्यो ?

आफ्नो शक्ति बिर्स्यो कि , सपनीमा तर्स्यो कि

कतै पराइले हप्काए कि ,भित्रैकाले दप्काए कि

तेजोबध गरेर खसाए कि , ठुलै लोभमा फंसाए कि

आफ्नो इतिहास भुल्यो कि, स्वार्थिलाइ भित्रीयामा हुल्यो कि

ठुला जंघार एक्लै तर्यो खोल्सी तर्न सहारा खोज्यो

आफ्नो खुट्टा दह्रो छंदै उसले किन बैसाखी रोज्यो ?

आफ्ना चिन्न जानेन कि , सहि सल्लाहा मानेन कि

मित्रलाइ शत्रु ठान्यो कि, पराइलाइ मित्र मान्यो कि

भुइंको भाषा बुझेन कि, ठिक केहो भन्ने सुझेन कि

आशाले बाटो दिएन कि, भबिस्यको चिन्ता लिएन कि

ठुला जंघार एक्लै तर्यो खोल्सी तर्न सहारा खोज्यो

आफ्नो खुट्टा दह्रो छंदै उसले किन बैसाखी रोज्यो ?