अमृत अर्याल प्रदेश सचिवका अब्बल उम्मेदवार

कार्तिक २५, २०७८


भीरकोट खबर डेस्क, २५ कार्तिक २०७८

शैक्षिक, सामाजिक, र पत्रकारितामा क्षेत्रमा समेत उल्लेखनीय योगदान र अनुभव बोकेका अमृत अर्याल प्रदेश सभा क्षेत्र नं २(क) सबैभन्दा अब्बल उम्मेदवार हुनुहुन्छ।लोकतन्त्र र सामाजिक न्यायको लागि उम्मेदवार दिएको बताउनुभएका अर्यालले युवाको हातेमालो, राजनीतिक तथा आर्थिक क्रान्ति अबको पालो भन्ने नारा बोकेर क्षेत्रीय प्रतिनिधिहरूसँग मत माग्नुभएको छ।

वि.स. २०४० सालमा माता धनमाया अर्याल पिता रेश्मीलाल अर्यालको जेष्ठ सुपुत्रको रूपमा भीरकोट ५ मा जन्मिएका अर्यालले एम.ए सम्मको अध्ययन गर्नुभएको छ। संस्थागत विद्यालयहरूको शैक्षिक उन्नयनका लागि आफ्नो जीवनको २ दशक समय लगानी गर्नुभएका अर्यालसँग नेपाली काङ्ग्रेसको राजनीतिको पनि २ दशककैअनुभव छ।स्याङ्जाको वालिङमा बसेर पत्रकरिता गर्दै आउनुभएका अर्यालसँग डेढ दशक लामो पत्रकारिताको समेत अनुभव छ।सबै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भएर लागि परेका अर्याल २०५८ सालमा नेपाल विद्यार्थी संघ वालिङ बहुमुखी क्याम्पसको इकाइ सभापति बन्नुभएको थियो।६० सालमा सोही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको उम्मेदवार समेत बन्नुभएका अर्यालले सोहि वर्ष नेपाल विद्यार्थी संघ स्याङ्जाको सचीवको जिम्मेवारी समाल्नुभएको थियो।६३ सालमा ट्रेड युनियन काङ्ग्रेस युवा समितिको केन्द्रीय प्रतिनिधि बन्नुभएका उहाँले हाल जि.पि कोइराला फाउन्डेसनको स्याङ्जा जिल्ला सचीवको भूमिकामा हुनुहुन्छ।

सन् २०११ मा वालिङ जेसिजको अध्यक्षको जिम्मेवारी समाल्नुभएका अर्याल२०१३ नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो।हाल नेपाल जेसिजको अध्यक्षको सल्लाहकारको भूमिकामा रहनुभएका उहाँ नेपाल प्रेस युनियनको केन्द्रीय प्रतिनिधि र नेपाल पत्रकार महासंघको जिल्ला सदस्य समेत हुनुहुन्छ।वालिङबाट प्रकाशित हुने पब्लिक आवाज साप्ताहिकको प्रधान सम्पादक अर्याल बालोदय माध्यमिक विद्यालय , भीरकोटको प्रधानाध्यापक पनि हुनुहुन्छ ।
धैरै समाजिक, शैक्षिक, राजनीतिक र शैक्षिक संघ संस्थाहरूमा नेतृत्वदायी भूमिकामा रहनुभएका अर्याल कुशल वक्ता र संगठक हुनुहुन्छ ।नम्र र विनयशील स्वाभावका बहुआयामिक व्यक्तित्व अमृत अर्याल भीरकोट , वालिङ र गल्याङ क्षेत्रमा मात्रै नभै स्याङ्जा जिल्लामा सुपरिचित हुनुहुन्छ।
प्रदेश सभा क्षेत्र नं २ (क) मा सचिवको दौडमा डण्डपानी पङ्गेनी, खुमकान्त खनाल, विष्णु सुवेदी गैह्रे र पदमपानी रेग्मी पनि हुनुहुन्छ। तथापी अमृत अर्यालको उपस्थिती पार्टी संगठनका लागि अन्य उम्मेदवारका तुलनामा ओझिलो देखिएको क्षेत्रीय प्रतिनिधिहरूको बुझाइ छ।