धुर्व शर्मा पंगेनी
३१ साउन २०७९

बि.पि कोइरालाको अचुक दुरदृस्टी, सुवर्ण समसेरको समर्पण, गणेशमान सिंहको त्याग, कृष्णप्रसाद भट्टराईको सादगी पन, गिरिजा प्रसाद कोइरालाको चट्टानी अडान, सुशील कोईरालाको रास्ट्रीयता प्रतिको बफादारिता,लिला, ठगी,राम ,लक्ष्मण ,यज्ञ ,भिम जस्त तमाम शहिदहरुको बलिदानले विकसित भएको पार्टी हो नेपाली कांग्रेस।

विधि,पद्धति र बिचारलाइ आत्मसात गरेर बसेका लाखौं कार्यकर्ता आज पनि ती महान अग्रजहरुको बाटो अनुशरण गर्न तयार छन्। आफ्नो गर्बिलो इतिहास र बैभबलाइ बिर्सेर क्षणिक लाभको लागि नेतृत्वले गल्ती नगरोस । आम कार्यकर्ताको मनोभावलाइ नबुझी गरिने हरेक निर्णयले पार्टिलाइ दुरगामी क्षती पुर्याउंछ । आफ्नो छुट्टै बिचार, छुट्टै सिद्धांत र छुट्टै पहिचान बोकेको पार्टीले निर्वाचनमा बिचार नमिल्नेहरुसंग सहयात्रा गरेर जांदा आफ्नो अस्तित्व धरापमा पर्न सक्छ भन्ने कुरा समयमै हेक्का होस।

हामिले हालसम्म गरेका राम्रा कामको प्रचार, कतै हाम्रा कामले जनताको चित्त दुखेको भए क्षमायाचना गर्दै भबिस्यको आशा र बिश्वास लाग्दो कार्ययोजना सहित एकताबद्ध भएर निर्वाचनमा जानेहो भने पुरानो एकल बहुमतको हैसियतमा नेपाली कांग्रेस फर्किन्छ । अरु संग तर्सिएर आफैलाइ बिर्सन खोजियो भने भबिस्यमा पछुताउनु पर्छ । हुनसक्छ भने के.स को निर्णय पुनर्बिचार होस । जयनेपाल ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here