कक्षा १२ को रूटिङ प्रकाशित :परीक्षा भदौ ३० बाट सुरू

भदौ १६, २०७८


भाद्र १६, भीरकोट खबर डेस्क,

कोरोना महामारीको बढ्दो संक्रमणका कारण विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० गते देखि सुरू हुने भएको छ । परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरूलाई सरकारले कोरोना विरूद्धको खोपको व्यवस्था मिलाएपछी राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको रुटिङ् पुन: प्रकाशन गरेको हो । यसअघि तयारी गरेअनुसार होम सेन्टरबाटै परिक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । एसअघि गत जेठमा तए भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् ।