१० दिने उद्यमशिलता विकास तालिम भीरकोट ९ मा शुरु

असोज २७, २०७७


२०७६ चैत्र ५, भीरकोट

भीरकोट नगरपालिका वडा नं. ९ को वडा कार्यालयमा १० दिने उद्यमशिलता विकास तालिम शुरु भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाद्वारा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख छायाराम खनालले स्थानीय कच्चा पर्दाथलाई अधिकतम प्रयोगरी प्रविधि र सीपको साथमा घरमै स-साना उद्योग संचालनको लागि तालिमले सिकाउने भन्दै सिकेको सीपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । अहिले निर्वाहमुखी काम गरिरहेकाहरुलाई त्यही कामलाई उत्पादनमा वृद्धी गरी व्यवसायीकरण गराउनका निम्त्ती तालिमको आयोजना गरिएको समेत प्रमुख खनालले बताउनु भयो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद पौडेलले सीप सिक्नुहोस्,  उत्पादन गर्नुहोस् बजारीकरणको व्यवस्था नगरपालिकाले मिलाउने बताउनु भयो ।

चैत्र ५ देखि १४ गतेसम्म चल्ने १० दिने उद्यमशिलता विकास तालिममा २० जनाको सहभागीता रहने छ ।

१० दिने उद्यमशिलता विकास तालिममा व्यवसायको पहिचान, छनौट, व्यवस्थापन, उत्प्रेणा, प्रतिस्पर्धी क्षमताको विकास आदीबे प्रशिक्षण दिने घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाका शाखा अधिकृत एवं तालिमका प्रशिक्षक जगन्नाथ पाण्डेले बताउनुभयो ।



भीरकोट नगरपालिका वडा नं. ९ का अध्यक्ष भीम वहादुर गुरुङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा सचिव शोभाकान्त पौडेलले र स्वागत स्वास्थ्य चौकी प्रमुख कुमार रानाले गर्नु भएको थियो ।