ट्रुकलरले स्पाम कलहरु नउठाउन वा बेवास्ता गर्नका लागि हामीलाई सहयोग गर्दछ । ठगी तथा स्पाम कलहरुबाट स्मार्टफोन प्रयोगकर्तालाई बचाउनका लागि ट्रुकलर एप निकै सहयोगी छ । आखिर कल आउनुभन्दा अगाडि नै ट्रुकलरले कसरी कसले कल गर्दैछ भन्ने कुराको जानकारी पाएर त्यसको सूचना दिन्छ त ?
ट्रुकलरमा एक कलर आइडी अलर्ट देखिन्छ जसमा इनकमिङ कल बाइ लेखिएको हुन्छ र कल गर्नेवाला व्यक्तिको नाम देखिन्छ । फोनमा घण्टी बज्नु केही सेकेण्ड पहिले नै नोटिफिकेसन पपअप गर्दछ र त्यसपछि मात्र घण्टी बज्न सुरु गर्दछ ।
ट्रुकलरले फोन प्रापकको मोबाइल डाटा वा वाइफाइको उपयोग गरेर फोन गर्नेवालाको बारेमा अलर्ट पठाउने काम गर्दछ । मोबाइल डाटा वा वाइफाइको गति एक नियमित सेलुलर नेटवर्कको तुलनामा तिव्र हुन्छ । त्यसैले वास्तविक कल आउनु भन्दा अगाडि नै फोन आउन थालेको नोटिफिकेसन ट्रुकलर एपमा प्राप्त हुन्छ ।
यो फिचरलाई प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार डिसेबल पनि गर्न सकिन्छ । फोन गर्ने र फोन उठाउने दुबैको स्मार्टफोनमा ट्रुकलर एपको यो फिचर एक्टि भएमा पनि यसरी नोटिफिकेसन प्राप्त हुन्छ । एजेन्सीको सहयोगमा