स्मार्ट संवाददाता, वालिङ
२१ भाद्र २०८०

वल्डलिंक कम्यूनिकेशन लिमिडेट वालिङ शाखा कार्यालयले हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजको अवसर पारेर तीज विशेष अफर ल्याएको छ। उक्त अफर अन्तर्गत वर्ल्डलिंकको नयाँ तथा पुराना ग्राहक सबैले तिजको बेलामा लिने थप तथा नयाँ सेवामा विशेष छुट सुविधा प्राप्त गर्नेछन्।

साथै विगत केही समय देखि निष्क्रिय ग्राहकहरुले सेवा नवीकरण गर्न चाहेमा अन्य थप अफर समेत प्राप्त गर्न सक्नेछन। साथै आफ्नो साथी इष्टमित्र छरछिमेकमा वर्ल्डलिंक रिफर गरी दुवै जना ले १-१ महिना निःशुल्क इन्टरनेट तथा नेट टीभी सेवा प्राप्त गर्न सक्नेछन्।

देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले विश्वस्तरीय इन्टरनेट तथा नेट टीभी सेवा देश का ७३ जिल्लामा पुर्याएको छ ।साथै हाल यसको सक्रिय इन्टरनेट प्रयोगकर्ताको  ८ लाख  भन्दा बढी पुगेका छन्। सेवा तथा अफर हरुको बारेमा जानकारी लिन नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न तथा फोन मार्फत समेत जानकारी लिन सकिनेछ ।
(सम्पर्क: ९८०१३११३६०,९८०१७००९६६)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here