अर्पण शर्माको नयाँ विश्व कीर्तिमान

कार्तिक ०७, २०७९


सुरेश तिमिल्सिना , ७ कार्तिक २०७९

मेमोरी किङ्ग अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । युवाहरु माझ लोकप्रिय अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको “वर्ल्ड बुक अफ रेकर्ड्स” को कार्यालयबाट नेपाल आए लगत्तै सार्वजनिक गरेका हुन् ।

पूर्व प्रधानमंत्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई दिदै नयाँ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ । १ मिनटमा ८३ वस्तुहरुको क्रम स्मरण गरेर रचेको यो विश्व कीर्तिमानको श्रेय उहाँं आफ्नो ध्यान , साधना र मेमोरी टेक्निकहरुलाई दिनुहुन्छ।

शर्माले यस अघी सन् २०१५ मा १ मिनटमा ४२ वस्तुहरुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाउनुभएको  थियो । “यो विश्व रेकर्डको प्रमाण पत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरुको भएको महसुस गर्दै आगामी दिनहरूमा अझै वर्ल्ड रेकर्डहरू राखेर नेपालको नाम विश्व सामु फैलाउने बाचा गर्दछु” उहाँले भन्नुभयो।