वरिष्ठ नेता श्रेष्ठद्वारा भीरकोटका जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन

असार ०६, २०७९


स्मार्ट अखबार संवाददाता
६ असार २०७९

नेपाली काँग्रेसका वरिष्ठ नेता, पूर्व उपसभापति एवं संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ र भीरकोटका नवनिर्वाचित जनप्रतिनिधिहरूबिच भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेता श्रेष्ठले चुनावी नतिजाबाट आफू खुसी रहेको बताउनुभयो। उहाँले जनप्रतिनिधिहरूलाई लोभ लालच, आग्रह , पूर्वाग्रह नराखी विधि र विवेक दुबै प्रयोग गरेर जनचाहना अनुरुप भीरकोटको विकास र समृद्धिमा खट्न आग्रह गर्नुभएको थियो।

नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नगर सभापति याम प्रसाद अधिकारी, पूर्ण बहादुर गुरुङ, पार्वती के.सी, क्षेत्र बहादुर थापा, नन्दलाल खनाल, रामकृष्ण अर्याल, निवर्तमान नगर प्रमुख छायाराम खनाल लगायतका नेता कार्यकर्ता र जनप्रतिनिधिहरूले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो। नगर प्रवक्ता दिपेन्द्र के.सी.ले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य नगर उपप्रमुख भगवती रेग्मीले गर्नुभएको थियो।