तस्बिर सौजन्य: प्रकाश परियार, कतार

२६ कात्तिक २०८०, आइतबार 

नेपालमा रहेका गरिब तथा जेहन्दार विद्यार्थीको सहयोगार्थ कतारमा पञ्चेबाजा सहितको सांस्कृतिक कार्यक्रम  भव्य रूपमा सम्पन्न भएको छl स्याङ्जा सहयोग समाज कतारको समन्वय र यसैको मातहतमा रहेको स्याङ्जा सहयोग समाज, भीरकोट नगर इकाइको आयोजना शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम गरिएको हो l शुभ दीपावली, छठ तथा नेपाल संवतको अवसर पारेर १० नोभेम्बर (कात्तिक २४ गते शुक्रबार) मा स्याङ्जा सहयोग समाज भीरकोट नगर इकाई, कतारको आयोजनामा सनैयाको फूलबारी रेस्टुरेन्टमा नेपाली मौलिक पन्चेबाजा सहितको शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम गरिएको र कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको भीरकोट ईकाईका अध्यक्ष लिल बहादुर रोकाले स्मार्ट अखबारलाई जानकारी दिए।

 भीरकोट  इकाईका अध्यक्ष लिल बहादुर रोकाको सभापतित्व   स्याङ्जा सहयोग समाज, कतारका अध्यक्ष प्रकाश परियारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सांस्कृतिक कार्यक्रममा स्याङ्जा  सहयोग समाजको मातहतमा रहेका विभिन्न इकाईका अध्यक्ष तथा प्रतिनिधिसँगै कलाकार,पत्रकार नौमती बाजाका  समुहको उपस्थिति रहेको थियो।

गृह जिल्ला स्याङ्जाको भीरकोट नगरपालिकामा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई आर्थिक तथा शैक्षिक सामाग्री सहयोग गर्न भीरकोट ईकाइले कार्यक्रम गरेको हुँदा उठेको रकम भीरकोटका विद्यार्थीकै निम्ति खर्च हुने स्याङ्जा सहयोग समाज, कतारका अध्यक्ष प्रकाश परियारले स्मार्ट अखबारलाई बताए l कार्यक्रममा नेपालीहरूले खरिद गरेको भाग्यशाली चिट्ठा पनि खोलिएको थियो  l प्रवासमा रहेका नेपाली दाजुभाइबीच सुमधुर सम्बन्ध राख्न र धर्म संस्कृतिलाई जोगाउँदै नेपालीहरुको महान पर्वकै अवसरमा आर्थिक सहयोग पनि संकलन गर्न पन्चे बाजा सहितको कार्यक्रम गरिएको आयोजकले जनाएको छ l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here