अग्नीपीडित पौडेललाई युवाहरूको सहयोग

असार ०४, २०८०


४ असार २०८०, सोमबार

स्याङ्जाको भीरकोटमा जेठ २६ गते शुक्रबार भएको आगालागीका पीडित झरना फोटोका संचालक राजेश पौडेललाई बयरघारी बजारका युवाहरूले आर्थिक सहयोग गरेका छ्न्।

बयरघारी पिस युथ क्लबमा आवद्ध पुरानो कार्यसमितिका युवाहरूले पौडेललाई ३२ हजार नगद सहयोग गरेका हुन्। पुरानो कार्यसमितिका कोषाध्यक्ष रामकुमार सुनार , अर्जुन गुरूङ लगायतले घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन्।

भीरकोट नगरपालिका वडा नं १ को विरेन्द्र मार्गमा अवस्थित झरना फोटो स्टुडियोमा शुक्रबार करिब ९.२० बजेतिर आगालागी भएको थियो।आगालागीमा परी झरना फोटोका संचालक राजेश पौडेलको दुई तले घरमा ठूलो क्षती पुगेको थियो।आगालागीमा परी डि.एस.एल.आर क्यामेरा ५ थान,कम्युटर ४ थान, प्रिन्टर ४ थान,लेमिनेसन मेसिन ३ थान,फोटो फ्रेम, गिफ्ट आइटम, स्टेसनरी सामान , फोटो अम्रेला,र नगद रू ४१ हजार सहित करिब ५१ लाख बराबरको क्षती भएको थियो