सर्वसम्मत उम्मेदवार चयन तथा प्रतिबद्धता कार्यक्रम सम्पन्न

बैशाख ०४, २०७९


४ बैशाख २०७९, स्याङ्जा 

नेपाली काँग्रेस भीरकोट नगर कार्यसमितिको तर्फबाट आगामी स्थानीय तहको निर्वाचनमा सर्वसम्मत उमेदवार चयन तथा प्रतिबद्धता कार्यक्रम सम्पन्न भएको छ । सम्राट सदनमा आयोजित कार्यक्रममा पार्टीका जिम्मेवार कार्यकर्ता र आकांक्षीहरूको सहभागिता रहेको थियो ।

नेपाली काँग्रेस पार्टीको तर्फबाट भीरकोट नगरपालिकाको विभिन्न पदमा २२१ जनाले इच्छा जाहेर गर्नुभएको छ । नगर सभापति याम प्रसाद अधिकारी (लक्ष्मण) सभापतित्वमा सम्पन्न कार्यक्रममा सबै उमेदवारहरुले आफूले इच्छा जाहेर गरेको भए पनि पार्टीले गरेको निर्णय स्वीकार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।कार्यक्रममा पार्टीको निर्णय र निर्देशनलाई शिरोपर गरी स्थानीय निर्वाचनमा सबै वडा र प्रमुख उपप्रमुख पदमा नेपाली कांग्रेसलाई अत्याधिक मतले विजयी गराउने अभियानमा लागि पर्न पार्टीका जिम्मेवार कार्यकर्ता र आकांक्षीहरूले प्रतिबद्धता जनाउनुभएको थियो । नेपाली कांग्रेसको भित्र १२ जनाले नगर प्रमुखको पदमा आफ्नो दाबेदारी प्रस्तुत प्रस्तुत गर्नुभएको छ । नगर सभापतिमा याम प्रसाद अधिकारी (लक्ष्मण)ले नेतृत्व सम्हालेपछि भीरकोटमा नेपाली काङ्ग्रेसको पार्टी गतिविधी थप सशक्त र प्रभावकारी बन्दै गएका छ्न् । पार्टी भित्र आकांक्षीहरू धेरै भएपछि अन्तर्घात र अन्तरविरोध शून्य बनाउन नगर सभापती अधिकारीकै अग्रसरतामा सर्वसम्मत उम्मेदवार चयन एवम् चुनावी प्रतिबद्धता कार्यक्रम आयोजना गरिएको हो ।