नेकपा एमाले भीरकोट वडा नम्बर ७ क‍ो विस्तारित बैठक सम्पन्न

असोज ११, २०७८


आश्विन ११, भीरकोट खबर डेस्क,

नेकपा एमाले भीरकोट वडा नम्बर ७ को विस्तारित बैठक सम्पन्न भएको छ।वडा कमिटी अध्यक्ष सुब बहादुर गोदारको अध्यक्षता र नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवं साझा स्वास्थ्यका अध्यक्ष सन्तोष के सि को प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकको संचालन वडा कमिटी सदस्य रबिन सुनारले गर्नुभएको थियो। वडा कमिटी सदस्य ललिता मोचीको स्वागत मन्तव्य सँगै सुरू भएको बैठकमा बोल्दै प्रमुख अतिथी के.सी ले स्थानिय सरकारले व्यक्तिवादी चिन्तन र एक पक्षीय कार्य गर्दै आएको बताउँदै यसको भण्डारफोर एवं खबरदारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । उक्त विस्तारित बैठकमा नेकपा एमाले नगरकमिटि अध्यक्ष विश्वनाथ अर्याल, जिल्ला सल्लाहकार परिषद सदस्य हर्कबहादुर गुरुङ, नगर कमिटि सचिव गोकुल अधिकारी, नगर कमिटि सदस्य एवं भुतपूर्व प्रहरी तथा सैनिक संगठन भीरकोट सह संयोजक सु. वसन्त खत्री, नगर कमिटी सदस्य लाल बहादुर भण्डारी, अपाङ्ग समाज भीरकोका उपाध्यक्षलोकनारायण श्रेष्ठ ( अशोक) शुभकामना राख्नुभएको थियोे । बैठकले पार्टी सदस्यता नविकरण गर्ने र २३ गतेको नगर भेलाको तयारीलाई तिव्र पार्ने निर्णय गरेको छ। भीरकोटमा नेकपा एकीकृत समाजवादीको उपस्थिती शून्य बनेपछि नगर कमिटिले विस्तारित वडा भेला गरिरहेको छ।२३ गते बस्ने नगर भेलाले पार्टी गतिविधिलाई सशक्त र प्रभावकारी बनाउने नगर कमिटी अध्यक्ष अर्यालले जानकारी दिनुभयो।