ने.क.पा एमाले भीरकोट वडा नं ८ को विस्तारित बैठक सम्पन्न

असोज १०, २०७८


आश्विन १०, भीरकोट खबर डेस्क,

ने.क.पा एमाले भीरकोट वडा नं ८ को विस्तारित बैठक सम्पन्न भएको छ।वडा कमिटी अध्यक्ष दल बहादुर गुरुङको अध्यक्षता र ने.क.पा. एमालेका नेता एवं गण्डकी प्रदेश सांसद मोहन रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा भीरकोट नगरपालिकाका नेकपा नेताहरूको राम्रो उपस्थिती रहेको थियो। विस्तारित बैठक बोल्दै प्रमुख अतिथी रेग्मीले अहिलेको गठबन्धन सरकारले संघ र प्रदेशमा आफूहरुले विनियोजन गरेको रकम कटौती गरेकोमा आक्रोश व्यक्त गर्नुभएको थियो। समृद्ध भीरकोट निर्माणमा आफू अहोरात्र खटिएको बताउदै बयरघारी- बगरेबजार -मोहनडाँडा हुँदै ठुलीभन्ज्याङ सडकको गत असारमा रकम र समय सकिएकोमा नेकपाको जिल्ला र प्रदेश नेतृत्व लागि परि समय र रकम थपेको बताउनुभयो ।

उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य सन्तोष के सि, भीरकोट नगर कमिटी अध्यक्ष विश्वनाथ अर्याल, जिल्ला सल्लाहकार सदस्य हर्क बहादुर गुरुङ ,नगर कमिटी सदस्य डोलराज ढुङ्गाना,वडा नं २ वडा अध्यक्ष कमल त्रिपाठी ,अनेरास्ववियु जिल्ला कमिटी सदस्य समीर रेग्मी लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो। भीम बहादुर गुरुङको स्वागत मन्तव्य सँगै सुरू भएको वैठकले पार्टी सदस्यता नविकरण यही असोज २३ गते हुने गरि नगर भेलाको तयारी र टोल कमिटी गठन गर्ने निर्णय गरेको छ ।