पर्वत वालिङ समाजको तिज विशेष कार्यक्रम

भदौ २१, २०८०


स्मार्ट संवाददाता, वालिङ
२१ भाद्र २०८०

विज्ञापन

“सभ्यता ,सम्मान र संस्कृती हाम्रो पहिचान ,पर्वत वालिङ सहयात्रा हाम्रो अभियान ” भन्ने मुल नाराका साथ पर्वत वालिङ समाजले तीज विशेष कार्यक्रम गरेको छ।

तीजको अवसरमा पर्वत जिल्ला जन्मस्थान भएका वालिङमा बसोबास गर्ने परिवारका सदस्यहरूबिच सुखदुःख आदानप्रदान र तीजको रमाइलो कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष सरोज भुसालले जानकारी दिए।

संस्थाका अध्यक्ष सरोज भुसालको अध्यक्षतामा र उपाध्यक्ष होम थापाको स्वागत संगै सुरू भएको कार्यक्रमको संचालन संस्थाका सचीव विष्णु क्षेत्रीले गरेका थिए। उक्त कार्यक्रममा स्थानीय कलाकार जिवलाल पराजुलीले र देवि आचार्यले आफ्नो प्रस्तुती राखेका थिए।



“वालिङ पर्वत समाज” पर्वत जन्मथलो भइ वालिङ नगरपालिकालाई कर्मथलो बनाइ विविध पेसा ,व्यवसाय ,रोजगारीको अवसरमा स्थायी/अस्थायी रुपमा वालिङ् नगरपालिकामा बस्ने परिवारहरूले स्थापित गरेको संस्था हो। पर्वतका विविध धार्मिक ,सास्कृतिक,पर्यटकिय एवम ऐतिहासिक स्थलहरुको पहिचान,सामाजिक सद्भाव, भाइचारा ,समन्वय र सहकार्य गर्ने उद्वेश्यले संस्थाको स्थापना गरिएको अध्यक्ष भुसालले बताए।