प्राविधिक शिक्षा नै अहिलेको आवश्यकता

नबराज पौडेल
२७ साउन २०७९
देशलाई परिवर्तन गराउने भनेको नै शिक्षाले नै हो। हाम्रो देश नेपालमा दुई किसिमको शिक्षा प्रदान गरिन्छ – सैध्दान्तिक र प्राविधिक शिक्षा।अहिलेको २१ औं सताब्दीमा प्राविधिक शिक्षाको अत्यन्तै महत्त्व छ। प्राविधिक ज्ञान हासिल गरेको व्यक्तिले सजिलै सँग रोजगारीको अवसर प्राप्त गर्दछ र उसले अरुलाई पनि रोजगार दिन सक्छ।विशेष गरी SEE पछि विद्यार्थीहरू कुन विषय पढ्ने र कहा पढ्ने भनेर अल्मलिएको देखिने गरेको छ । यो अवस्थामा विद्यार्थीहरुलाई सही मार्ग दिनु पर्दछ र भोलिको दिन सुनौलो बनाउन उनीहरूको क्षमताले सक्ने विषय र उनीहरूको ईच्छा के छ विचार गरेर विषय को बारेमा भनिदिनु पर्दछ। तर हाम्रो समाजमा गाउँको दाइले यो विषय पढेको छ ,तिमीले त्यही विषय पढ्नु पर्छ, फलानो ले यस्तो पढेको छ त्यही पढ्नु पर्छ जस्ता कुरा विद्यार्थी माथि लाद्ने काम भयको देख्न पाइन्छ। पक्कै पनि विद्यार्थीको सुनौलो बनाउने हो भने हामीहरूले प्राविधिक शिक्षाको महत्व, उपयोगिता र सम्भावनाका बारेमा उनीहरुलाई ज्ञान दिनु पर्दछ।

प्राविधिक शिक्षा कहाँ कहाँ कुन संस्थामा पढाइ हुन्छ?
प्रविधिक शिक्षा SEE पछि सिटिइभिटी मार्फत विभिन्न आंगिक ,TECS,साझेदारी संस्थामा पढाइ हुन्छ।वालिङ नगरपालिका भित्र भने आँधीखोला बहु प्राविधिक शिक्षालयमा Diploma in Civil Engineering र Diploma in Information Technology पढाइ हुने गर्छ । यो सिटिइभिटीको आंगिक शिक्षालय हो।स्याङ्जामा अन्य स्थानहरूमा पनि प्राविधिक विषयहरू अध्यापन हुन्छ।
प्राविधिक शिक्षा आर्जन गरेको विद्यार्थीले आफूले सजिलै संँग रोजगार प्राप्त गर्छ र अरुलाई पनि रोजगार दिन सक्छ। आफूसँग नै सीप भए पछि बेरोजगार बस्नु पर्दैन । प्राविधिक शिक्षाले नै देशको विकास गर्छ । नेपालमा अहिले प्राविधिक जनशक्तिको अभावले गर्दा नै हाम्रो देश पछाडि परेको हो। सीप हासिल गरेको व्यक्तिले देश विदेशमा जहांँ गए पनि उसले राम्रो अवसर प्राप्त गर्दछ। मध्यम वर्गीय विद्यार्थीहरूको लागि प्राविधिक विषय पढ्नु अत्यन्तै उपयोगी हुन्छ। सिटिइभिटीले सर्वसुलभ मूल्यमामा नै प्राविधिक विषयहरू अध्यापन गराउँदै आएको छ र मैले पनि अहिले SEE दिएर कहाँ पढ्ने? के पढ्ने? कुन विषय पढ्ने? भनेर बसेका भाइबहिनीहरुलाई प्राविधिक विषय नै पढ्न सल्लाह दिन्छु। बढ्दै गएको बेरोजगारी समस्यालाई हल गर्नको लागि प्राविधिक शिक्षाको आवश्यकता पर्दछ। नेपालमा प्राविधिक जनशक्तिको अभाव छ र आउने दिनमा नेपालमा यस्तो खालको जनशक्तिको आवश्यकता पर्ने हुँदा यी विषयहरूको बारेमा विचार गर्न भाइबहिनीहरुमा आग्रह गर्दछु ।
(नबराज पौडेल आँधीखोला बहु प्राविधिक शिक्षालय वालिङ -१३, स्याङ्जाका प्रोग्राम कोडिनेटर हुनुहुन्छ।