टिम सहयात्रीको  अध्यक्षमा पुनः मनाेज मल्ल 

पुष ०९, २०८०


स्मार्ट संवाददाता , स्याङ्जा 

९ पुस २०८०, सोमबार

पुतलीबजार नगरपालिका ३, गुँडीखोला स्थित टिम सहयात्री प्रा.लि. को चौथो साधारणसभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले पार्टी प्यालेसको अभाव खड्कीएको समयमा सहयात्रीले सबैलाई सहुलियत मूल्यमा सुविधा दिएको बताए । उनले सदरमुकाममा पार्टी प्यालेसको अभावमा पोखरा लगायत ठूला शहरका जानुपर्ने वाध्यतालाई अन्त्य गरेकोमा खुशी व्यक्त गरे। विभिन्न सामाजिक, एवं राजनैतिक तथा पारिवारिक भेटघाटमा समेत पार्टी प्यालेसको सहज र उपयुक्त सुबिधा उपलब्ध गराएको साथै नगरपालिकाको चहलपहलमा समेत टेवा पुर्‍याएकोमा नगर प्रमुख रेग्मीले व्यवसायीहरूको प्रशंसा गरेका थिए।

कार्यक्रममा पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्याल,  रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनका अध्यक्ष ध्रुवबन्धु पौडेल, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, चम्बर अफ कमर्श, स्याङ्जाका वरिष्ठ उपाध्यक्ष श्रीबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ, स्याङ्जाका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

 यसैगरी, टिम सहयात्रीद्धारा संचालित सहयात्री पार्टी प्यालेस एवं बार एण्ड लज तथा स्वीमिङ पुल निर्माण, ब्यवसायमा विस्तार एवं प्रवर्धनमा सहयोग पुरयाउनुहुने विभिन्न क्षेत्रका झण्डै २ दर्जन क्रियाशिल ब्यक्तित्वहरुलाई प्रशंसापत्रले सम्मान गरिएको  थियो । टिम सहयात्री पार्टी प्रा.लि.का अध्यक्ष मनोज मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संचालक गोविन्दप्रसाद शर्मा र कार्यक्रम संचालन शेयर सदस्य राजेन्द्र बहादुर गोदारले गरेका थिए।

चौथो साधारणसभा तथा दोश्रो अधिवेशनले अधिवेशनले पुनः मनोज मल्लको अध्यक्षतामा ५ सदस्सीय संचालक समिति चयन गरेको छ । समितिका संचालकहरुमा गोविन्दप्रसाद शर्मा, एकनारायण मरासिनी, विमल थापा र सञ्जय थापा चयन भएको सदस्य सचिब सञ्जय बहादुर गोदारले जानकारी दिए।  २०७६ सालमा ५ करोड अठ्ठाइस लाखको लागतमा स्थापना भई संचालनमा आइरहेको यस सहयात्री ३ रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँबाट पार्टि प्यालेस, रेष्टूरेन्ट, लज एण्ड बार, स्वीमिङ पुल, सुविधा सम्पन्न हलबाट सेवाहरु प्रवाह भइरहेको अध्यक्ष मल्लले जानकारी दिए।