प्रदेश सभा निर्वाचन क्षेत्र २ “क” मा काँग्रेसका १९ जनाको उम्मेदवारी

भदौ १२, २०७९


स्मार्ट अखबार संवाददाता , स्याङ्जा
१२ भाद्र २०७९

मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनका लागि प्रदेश सभा निर्वाचन क्षेत्र नं २ “क” मा नेपाली काँग्रेसका १९ जना आकांक्षीहरूको उम्मेदवारी परेको छ। प्रत्यक्ष तर्फ ८ जना र समानुपातिक तर्फ ११ जनाले उम्मेदवारी दिनुभएको छ। प्रत्यक्ष तर्फ अर्जुन‌प्रकाश अर्याल, दामोदर लम्साल, केदार काफ्ले, छायाराम खनाल, कल्पना तिवारी, विष्णु पौडेल, अर्जुनप्रसाद खनाल र टंकप्रसाद गैह्रेले उम्मेदवारी दिनुभएको छ।

यसैगरी समानुपातिक तर्फ लिलबहादुर रनपाल, बसन्तकुमार बि.क.,  लोकनाथ अर्याल,  यादवकुमार श्रेष्ठ, कमल भित्रिकोटी, दिपक रोकाहा, कुलबहादुर गुरुङ्, एस. वि. खड्का (सुनिल), केशभक्त गुरुङ्, राजकुमार गुरुङ र श्यामप्र‌साद अर्यालले उम्मेदवारी दिनुभएको छ।

पार्टीको प्रदेश कार्यसमितिले आकांक्षी उम्मेदवारहरूमध्ये बाट आपसी सहमति वा आवश्यक परेको खण्डमा लोकतान्त्रिक पद्धतिबाट प्रत्यक्ष तर्फ ३ र समानुपातिक तर्फ ३ जनाको नाम छनोट गरी क्षेत्रमा पठाउने प्रदेश कार्य समितिका सचीव डण्डपाणी पंगेनीले जानकारी दिनुभयो।प्रत्यक्ष तर्फ विष्णु पौडेल वा केदार काफ्लेको संभावना बलियो रहेको काँग्रेसका एक प्रभावशाली नेताको बताउनुभयो ।