चौथो रबिन स्मृति टी 10 क्रिकेट प्रतियोगितामा भीरकोट विजयी

भदौ १९, २०८०


स्मार्ट संवाददाता,
१९ भाद्र २०८०

रेड विङ्स क्रिकेट क्लब रामपुर, पाल्पाले आयोजना गरेको चौथो रविन स्मृति टी१० क्रिकेट प्रतियोगितामा भीरकोट नगरपालिका विजयी भएको छ।

सोमबार भएको फाइनल खेलमा आयोजक रेड विङ्स क्रिकेट क्लब रामपुरलाई २ विकेटले पराजित गर्दै भीरकोटलाई प्रतिनिधित्व गरेको टिमले  उपाधि जित्न सफल भएको हो। उपाधीसँगै भीरकोटले ३० हजार नगद पुरस्कार हात पार्न सफल भएको छ भने आयोजक रेड विङ्स क्रिकेट क्लबले रु २० हजार मा चित्त बुझाएको छ।प्रतियगितामा पाल्पा जिल्लाको १२ र स्याङ्जा जिल्लाको १२ गरि कुल २४ टिमको सहभागिता रहेको थियो।भीरकोट नगरपालिकाको क्रिकेट    टिमको नेतृत्व अशोक श्रेष्ठले गरेका थिए।