चापाकोटमा प्रहरीको परिचय तथा अन्तरक्रियात्मक कार्यक्रम

माघ १३, २०८०


१३ माघ २०८०, शनिबार

ईलाका प्रहरी कार्यालय चापाकोट स्याङ्जाको आयोजनामा प्रहरी समुदायिक साझेदारी कार्यक्रम अन्तर्गत परिचय तथा अन्तरक्रियात्मक कार्यक्रम ईलाका प्रहरी कार्यालय चापाकोटमा सम्पन्न भएको छ। बिहिबार भएको कार्यक्रममा चापाकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनाल , ईलाका प्रहरी चापाकोट प्रमुख प्रहरी नायव उपरीक्षक जेसी शाह , विभिन्न वडाका वडा अध्यक्षहरू, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि , कलेज तथा स्कुलका शिक्षक तथा प्राध्यापक , उद्योग वाणिज्य संघका प्रतिनिधि , बजार व्यवस्थापन समितिका पदाधिकारी , होटल तथा रेष्टुरेण्ट व्यवसाय संघका प्रतिनिधि, नागरीक समाजका अगुवा , तथा स्थानीय भद्र भलादमीहरूको करिब २०० जनाको उपस्थिति रहेको थियो।

कार्यक्रममा जनस्तरमा हाल विद्यमान विभिन्न अपराधिक गतिविधिहरू नियन्त्रण गर्न इलाका प्रहरी कार्यालयका कार्यालय शाहले प्रतिबद्धता व्यक्त गरेका थिए। शाहले अन्तर ईकाइ प्रहरी गस्ती, निशुल्क निवेदन, समयमै गुनासो सम्बोधन लगायतका विषयमा समेत प्रतिबद्दता गर्दै प्रहरीले जनतामा केहि कुराको अभावमा, कसैको प्रभावमा र कसैको दवावमा नपरी निष्पक्ष जनमैत्री प्रहरी सेवा प्रवाह गर्ने प्रतिबद्दता दोहोर्‍याएका थिए। कार्यक्रममा सहभागी स्थानीय व्यक्तिहरूले विगत १ महिनाको प्रहरी कार्यमा आन्तरिक र बाह्य परिवर्तनको चर्चा गर्दै कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक जेसी शाह ज्यूको सफल कार्यकालको शुभकामना समेत प्रस्तुत गरेका थिए।