LG को आधिकारिक बिक्रेता: RP Electronics बयरघारी

असोज ०७, २०७८


आश्विन ०७, भीरकोट खबर डेस्क,

भीरकोटको बयरघारी बजारमा LG ब्राण्डको सम्पूर्ण विद्युतीय सामाग्रीहरूको किनमेल गर्न पाइने भएको छ। आज देखि सेवा शुभारम्भ गरेको RP Electronics & Solution Center ले LG ब्राण्डका फ्रीज,वासिङ् मेसिन, राइस कुकर, हिटर, चिम्नी, इन्डक्सन चुलो, टि.भी. लगायतका विद्युतीय सामग्रीहरूको आधिकारिक बिक्रेताको रूपमा सेवा प्रदान गर्ने जनाइएको छ।

विद्युतीय सामग्री मर्मत तथा हाउस वाइरिङमा देश विदेशको ३ दशक लामो अनुभव बटुलेका संचालक रूद्र प्रसाद कोइरालाका अनुसार RP Electronics & Solution Center ले LG ब्राण्डका सामानहरूको बिक्रि मात्र नभएर घरदैलोमै पुगी विद्युतीय सामाग्रीहरूको इन्सटलेसन तथा मर्मतको समेत भरपर्दो सेवा पनि प्रदान गर्नेछ। यसको सोरूम तथा बिक्रि कक्ष भीरकोट नगरपालिका वडा नं १ स्थित प्रगति टोलमा रहेको छ। कोइरालाका अनुसार RP Electronics & Solution Center ले हाउस वाइरिङका सामाग्री र सेवाका साथमा अन्य घरयासी विद्युतीय सामाग्री पनि बिक्री गर्नेछ। सेवा शुभाम्भ भएसँगै LG ब्राण्डका गुणस्तरीय सामान खरिद गर्न वालिङ, स्याङ्जा तथा पोखरा जानुपर्ने बाध्यताको अन्त्य भएको छ।