प्रदेश प्रतिनिधिमा राजकुमार गुरुङ सर्वाधिक मतले विजयी

मङि्सर ०४, २०७८


मंसिर ०४, भीरकोट

नेपाली काङ्ग्रेस क्षेत्र नं २ ‘क’ को प्रदेश अधिवेशनमा तरूण दल भीरकोटका सभापति राजकुमार गुरुङ सर्वाधिक मतले विजयी हुनुभएको छ।प्रदेश प्रतिनिधिमा खुल्ला तर्फको उम्मेद्वारी दिनुभएका गुरूङले कुल ३३३ मत प्राप्त गर्दै शानदार जीत हाँसिल गर्नुभएको हो । कुल ५९२ मत खसेकोमा करिब ५६ प्रतिशत मत प्राप्त गर्दै उहाँ सर्वाधिक मतले विजयी हुनुभएको हो । उहाँले ३३३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी कमल कुँवरले ३२८ मत प्राप्त गर्नुभएको थियो । सभापतिमा निर्वाचित अर्जुन प्रसाद खनालले ३२७ मत प्राप्त गर्नुभएको छ भने उपसभापतिमा निर्वाचित कुल बहादुर गुरूङले ३०२ मत प्राप्त गर्नुभएको छ ।

गुरुङ भीरकोट उद्योग वाणिज्य संघको सदस्यमा समेत गत निर्वाचनमा समेत सर्वाधिक मतले विजयी हुनुभएको थियो ।गुरुङ राजनीतिक मात्र नभएर एक प्रभावशाली सामाजिक व्यक्तित्व समेत हुनुहुन्छ । आँधिखोला पिस युथ क्लबको अध्यक्षको भूमिकामा रहेर भएर क्लबकै आयोजनामा तीन पटकसम्म बयरघारी महोत्सव गर्न सफल गुरुङ कोरोना महामारीको समयमा नेपाली काङ्ग्रेस भीरकोटका नवनिर्वाचित सभापति एवं वडा नं ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण)सँग सहकार्य गर्दै दिलो ज्यान दिएर बिरामीहरूको उद्धारमा खटिनुभएको थियो।

गुरुङ भीरकोटका युवापुस्ता माझ एकदमै लोकप्रिय हुनुहुन्छ । मेला महोत्सव मार्फत भीरकोटलाई देश विदेशमा चिनाउन सफल गुरुङ भीरकोट तरूण दलका सफल सभापति हुनुहुन्छ।क्लब मार्फत सामाजिक सेवामा अग्रसर गुरुङले नगर क्षेत्रमा सडक बत्ती जडानमा पनि सकृय भूमिका निर्वाह गर्नुभएको थियो। खेलाडी एवं खेलप्रेमी व्यक्तित्व गरूङ्ले भीरकोटको खेलकुदको विकासमा समेत उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ । सहज र विनोदप्रिय व्यवहारका कारण युवापुस्ता माझ लोकप्रिय गुरुङको अहिले सम्मको राजनीतिक जीवन सफल छ ।



गुरुङले सबै क्षेत्रीय प्रतिनिधिहरूलाई आफ्नो अमूल्य मत प्रदान गरेर सर्वाधिक मतले विजयी बनाइदिनुभएकोमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ । भीरकोट ८, सिरूखर्कको १०० रोपनी पाखोबारीमा सुन्तला, अलैंची, एभोकाडो लगायतका फलफूल खेती गरेर युवाहरूलाई स्वदेशमै उद्यमशील बन्न अभिप्रेरित गर्नुभएका गुरूङले बयरघारी रमाइलो मेला आयोजनाबाट भएको आम्दानीले क्लबको तर्फबाट भूकम्पको बेला घर भत्किएका, आगलगीमा घरबास गुमाएका भीरकोट र वालिङका गरिब र दिनदुखीहरूलाई सहयोग गर्नुभएको थियो । मनकारी सामाजिक व्यक्तित्व गुरूङ भीरकोटका युवाहरूलाई लागुपदार्थ विरूद्ध जनचेतना प्रदान गर्ने कार्यमा समेत सक्रिय हुनुहुन्छ।