पुतलीबजारमा १ अर्ब ४०करोडको बजेट

असार ०९, २०८०


स्मार्ट संवाददाता, स्याङ्जा
९ असार २०८०

पुतलीबजार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ। पुतलीबजार नगरपालिकाको १३ औं नगरसभामा नगरप्रमुख तुलसीराम रेग्मीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख देवी अर्यालद्वारा प्रस्तुत १ अर्ब ४० करोड २३ लाख २८ हजार रुपैयाँ बरावरको बजेट पारित गरिएको हो।

नगर प्रमुख रेग्मीले सञ्चालनमा रहेका नगरका गौरवका योजनालाई निरन्तरता दिइने गरी शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, सडक, पर्यटन, प्रविधि, सामाजिक सुरक्षा तथा पञ्जीकरण, वातावरण, विपद व्यवस्थापन, महिला, बालबालिका, जेष्ठ नागरिक, न्यायिक सेवा, सूचना तथा सञ्चार क्षेत्रलाई प्राथमिकता राखेको उल्लेख गरे।

यसैगरी उपमेयर देवी अर्यालले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित आयव्यय सहितको सो बजेट प्रस्तुत गरेकी हुन्।आगामी आर्थिक वर्षको कुल बजेटमध्ये चालूतर्फ ९४ करोड ५८ लाख ८६ हजार अर्थात् र पुँजीगत तर्फ ४५ करोड ६४ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको छ।

आर्थिक विकास क्षेत्रतर्फ ३ करोड ८७ लाख ९० हजार, भौतिक पूर्वाधार विकास तर्फ ४२ करोड ५१ लख २१ हजार, सामाजिक विकास तर्फ ७३ करोड २८ लाख ५९ हजार, संस्थागत क्षमता विकास तथा सेवा प्रवाहतर्फ ५ करोड २३ लाख ६८ हजार, वातावरण तथा विपद व्यवस्थापनतर्फ १ करोड ९१ लाख र प्रशासनिक खर्चतर्फ १३ करोड ४१ लख ३३ हजारको बजेट विनियोजन गरिएको छ।