स्वास्थ्य कार्यकर्ताहरूको लागि क्षमता अभिवृद्धि कार्यक्रम संचालन

मङि्सर ०२, २०७८


मंसिर २, भीरकोट खबर

बृहत पोषण विशेष कार्यक्रम अन्तर्गत भीरकोट नगरपालिकामा कार्यरत स्वास्थ्य कार्यकर्ताहरूको एक हप्ते क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूसालको अध्यक्षतामा र नगर प्रमुख छायाराम खनालको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उपस्थित स्वास्थ्य कार्यकर्ताहरूलाई योजना अधिकृत याम प्रसाद रेग्मीको स्वागत गर्नुभएको थियो।


कार्यक्रममा बोल्दै नगर प्रमुख खनालले स्वस्थ शरिरका लागि खाने कुरामा ख्याल गर्नु पर्ने बताउँदै सन्तुलित खाना खाने बानीको विकास गर्नुपर्ने बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत भूसालले दैनिक आहारमा ध्यान दिँदा स्वास्थ्यमा सकारात्मक प्रभाव बताउँदै स्वास्थ कार्यकर्ताहरूलाई तालिममा ध्यानपूवर्क सहभागी हुन र सबै उमेर समूहका सेवाग्राहीहरुलाई पोषणबारे सिकाउन स्वास्थ्य कार्यकर्ताहरूलाई अनुरोध गर्नुभएको थियो।

भीरकोटका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थकर्मीहरूको सहभागीता रहेको औपचारिक कार्यक्रमको सञ्चालन नगर स्वास्थ शाखा प्रमुख नारायण वन्धू अर्यालले गर्नुभएको छ।
कार्यक्रममा सुनौलो हजार दिन की १ महिलालाई नाङ्लो भरीको पौष्टिक आहार दिएर यस्तो खाना खानुपर्छ भनी सिकाइएको थियो।