नेकपा(एमाले) भीरकोटको अध्यक्षमा गुरूङ् 

जेठ २९, २०८१     स्मार्ट संवाददाता


नेकपा एमाले भीरकोटको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ। आँधिखोला सिटीहल बयरघारीमा भएको अधिवेशनबाट हर्क गुरुङ् अध्यक्षमा निर्वाचित भएका हुन्।

अधिवेशनबाट उपाध्यक्षमा गोकुल अधिकारी,सचिवमा केशरजंग अधिकारी र उपसचिवमा पर्वत खाम्चा र सम्झना थापा निर्वाचित भएका हुन्।  अधिवेशबाट ५३ सदस्यीय नगर कमिटी गठन भएको छ। अध्यक्ष लगायतका सबै पदका पदाधिकारीहरू सर्वसम्मत निर्वाचित भएको उपसचिव पर्वत खाम्चाले जानकारी दिए।निर्वाचित पदाधिकारीहरूको कार्यकाल ३ वर्षको हुनेछ।

पार्टीमा गुरूङ एक असल, इमानदार र बेदागी नेताका रूपमा चिनिन्छ्न्। पार्टीका नेताहरूले सन्तोष के.सी. को पक्षमा जनमत सृजना गर्न खोजेपनि बहुमत कार्यकर्ता पङ्क्ति गुरूङ्को पक्षमा उभिएपछि गुरूङ् सर्वसम्मत निर्वाचित भएको पार्टी स्रोतले जानकारी दियो।