नेपाल औषधि तथा बिक्री संघको (केन्द्रिय कार्यसमिति )अध्यक्षमा मण्डल निर्वाचित

चैत ०५, २०७९


स्मार्ट संवाददाता, चितवन
५ चैत्र २०७९

 

विज्ञापन

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) को २८ औं राष्ट्रिय अधिवेशन चितवनमा सम्पन्न भएको छ। चैत्र ३ र ४ गते चितवनको दियालो फूडल्याण्डमा सम्पन्न राष्ट्रिय महाधिवेसनबाट अध्यक्षमा श्याम मण्डल निर्वाचित भएका छ्न्। यसैगरी वरिष्ठ उपाध्यक्षमा ध्रुव प्रसाद गुराथोकी उपाध्यक्षमा मिन शाह ,मनोज शाह र भावेश झा महासचिवमा निरज पन्त ,सचिवमा जीवन ज्ञावली , ढुपेन्द्र रिजाल ,नरेन्द्र कुसुवाह , कोषाध्यक्षमा हिरण्य प्रसाद लुइँटेल (राम) , सहकोषाध्यक्षमा सुभाष कुमार गुप्ता निर्वाचित भएका छ्न्।

अधिवेशनमा देशभरिको १४ ओटा इकाईका सहभागिता रहेको थियो । NMSRA देशभरीका औषधि कम्पनीमा कार्यरत औषधिको बजारीकरणमा संलग्न कर्मचारीको हकहितको लागि गठन गरिएको संस्था हो। नवनिर्वाचित कार्यसमितिका अध्यक्ष मण्डलले औषधि बिक्रीवितरण क्षेत्रमा देखिएका समस्या र औषधि बिक्रि प्रतिनिधिको हकहितको लागि प्रतिबद्ध भएर लाग्ने बताए।