राष्ट्रिय स्वतन्त्र पार्टी आँधिखाेलामा भेषराज पाैडेल

साउन २९, २०७९


२९ साउन २०७९
स्मार्ट अखबार संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीको आँधिखाेला गाउँपालिका स्याङ्जाको सभापतिमा भेषराज पाैडेल चयन भएका हुनुभएको छ । शनिबार आयाेजित भेलाले उहाँलाई सर्वसम्मत सभापतिमा चयन गरेको हो । भेलाले गाउँपालिकाका वडाहरुकाे समेत नेतृत्व चयन गरेको छ । देशले साेचेजस्ताे विकासको फड्को नमार्नुमा पुराना दलहरुकाे उदासिनता रहेको र आँफु राजनीतिमा लागेको सभापति पाैडेलले बताउनुभयो । उहाँले भन्नुभयो “पुराना राजनीतिक दलहरूले जनताको सेवामा काम गर्न सकेनन्, हामीले साेचेअनुरुप विकासको अनुभुती गर्न पाएनौं, जनतालाई अनावश्यक कर मात्रै थुपारेर विकासका याेजनालाई लत्याए । अब हामी युवाहरू मिलेर आँधिखाेला गाउँपालिकाकाे मुहार फेर्नुपर्छ । म राजनीतिमा प्रवेश गर्नु समाज रुपान्तरणका लागि हो ।” समाजमा रहेको भ्रष्टाचार, बेथिति, ज्यादतीका विरुद्ध सम्पूर्ण युवाहरू लाग्नुपर्ने र राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै अहिलेकाे विकल्प रहेको बताउनुभयो।”

शिक्षा, स्वास्थ्य लगायतका विषयमा सरकारले गर्नुपर्ने काम नगरेको र जनता मारमा परेको भन्दै आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हमा मतदान गर्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा शिव पाैडेल, रामप्रसाद ढकाल, रमेश लामिछाने, रामकृष्ण पाैडेल, नरबहादुर रानाभाट, हरिप्रसाद पाैडेल, दिपेन्द्र क्षेत्री, भिम बहादुर क्षेत्री लगाएतले बाेल्नुभएको थियो । रवि लामिछानेको नेतृत्वमा दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी संगठन विस्तारका लागि देश दाैडाहमा रहेको छ ।