नेपाली काङ्ग्रेस भीरकोटको पार्टी कार्यालय सुचारू
भीरकोट खबर डेस्क, कार्तिक ३
नेपाली काङ्ग्रेस भीरकोटको पार्टी कार्यालय वडा नं २ बयरघारीमा अवस्थित सम्राट सदनमा सरे सँगै आजबाट सुचारू भएको छ।१४ औँ महाधिवेशन अन्तर्गत भीरकोट नगर अधिवेशनबाट नयाँ कार्य समिती गठन भए सँगै पार्टी गतिविधिहरूलाई थप सशक्त र प्रभावकारी बनाउन पार्टी कार्यालय सम्राट सदनमा सारिएको नगर कार्य समितीका अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण)ले जानकारी दिनुभयो।वडा नं २ को वडा कार्यसमितिको कार्यालय पनि सोही भवनमा रहने सचिव तारा अर्यालले बताउनुभयो ।
औपचारिक कार्यक्रम गर्नका लागि पर्याप्त ठाउँ र हलको समेत व्यवस्था भएकाले पार्टी कार्यालय सारिएको हो।पार्टीका कार्यक्रम संचालनका लागि सम्राट सदनको हलमा कुनै शुल्क नलाग्ने अधिकारीले बताउनुभएको छ।नयाँ कार्यसमितिमा युवाहरूको बाहुल्यता रहेकाले पार्टी गतिविधि जनअपेक्षित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
विगतमा वडाहरूमा पार्टीका बैठक तथा कार्यक्रमहरू विद्यालयहरूमा गरिदैं आएको थियो।नयाँ कार्यसमितिले त्यो गलत अभ्यासलाई तोडेर अगाडि बढ्छ कि पुरानै शैलीमा जकडिन्छ त्यो भने हेर्न बाँकी नै छ।