निकै लामो छलफल पश्चात गाउँपालिका अध्यक्ष पदको निम्ति प्रकाश तिवारी र उपाध्यक्ष पदको लागि सपना गुरुङलाई अन्तिम टुंगो लगाइएको नेपाली कांग्रेस अर्जुनचौपारीले जनाएको छ।
लामो समय काठमाडौंमा बसेर मार्केटिङ तथा शेयर र व्यवस्थापन सम्बन्धी कुरामा दक्षता हाँसिल गरेका प्रकाश तिवारी पछिल्लो समय युवामाझ लोकप्रिय हुनुहुन्छ।उहाँ नेपाली कांग्रेसका सबैभन्दा कान्छा प्रदेश सभापति समेत हुनुहुन्छ।
नेपाली कांग्रेसको हालै भएको अधिवेशनबाट उहाँ गण्डकी प्रदेश “क” को क्षेत्रीय सभापति चयन हुनुभएको थियो भने सपना गुरुङ पनि स्थानीयमाझ परिचित एवं चर्चित नै हुनुहुन्छ।
नेकपा एमालेले पनि चिनमाया गुरुङ र टंकप्रसाद खनाललाई आसन्न निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । दुबै पार्टीबाट लोकप्रिय र युवा उम्मेदवारहरूको उम्मेदवारी परेकाले अर्जुनचौपारी गाउँपालिकामा निर्वाचन निकै प्रतिस्पर्धात्मक मोडमा पुग्ने सम्भावना छ।