११२ औं अन्तराष्ट्रिय नारी दिवस भव्य रूपमा मनाइयो

फागुन २४, २०७८


२४ फागुन २०७८, भीरकोट

सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता भन्ने मूल नाराका साथ ११२ औं अन्तराष्ट्रिय नारी दिवस भीरकोट नगरपालिकामा सभ्य र भब्य समारोहकाबीच सम्पन्न भएको छ।

नगरपालिकाको भवनदेखि सुरू भएको र्‍यालीमा नगरपालिकाका विभिन्न संघसंस्था , आमा समूह , जनप्रतिनिधिको सहभागिता रहेको थियो। करिब ८ सय जनाको सहभागिता रहेको र्‍याली बाजागाजा , नारा , व्यानर सहित नवनिर्मित आँधिखोला सिटिहलमा आएर टुङ्गीएको थियो।सिटीहलमा आयोजित नगर सभामा राजनीतिज्ञ कुमार राना,संस्कृतीविद् डा. तुलसी प्रवास खनाल, शिक्षाविद् अमृत अर्यालले नारी दिवस र महिला आन्दोलनको ईतिहास र औचित्य , नारी सशक्तीकरण र महिला सबलिकरणका लागि काम गर्नुपर्ने कार्यहरूको बारेमा प्रकाश पार्नुभएको थियो।

विविध सांस्कृतिक कार्यक्रम सहित भव्य र सभ्य रूपमा सम्पन्न भएको कार्यक्रममा नगरप्रमुख छायाराम खनालले नारी दिवसको शुभकामना दिनुहुँदै महिला आन्दोलनबाट प्राप्त उपलब्धिहरू संस्थागत गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो। जनप्रतिनिधिहरू र अतिथीहरूले पनि महिला सशक्तीकरण, हाम्रो परम्परा , लैङ्गिक समानता र दिगो विकासका लागि अब चाल्नुपर्ने कदमहरूको बारेमा चर्चा गर्नुभएको थियो। राष्ट्रिय सभाका पूर्व सांसद खगेन्द्रराज रेग्मीको प्रमुख आतिथ्यतामा र नगर उपप्रमुख सिमा के.सी. कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको नारी दिवस समारोहको संचालन महिला नेत्री इन्दिरा के.सी.ले गर्नुभएको थियो।