मन्त्री अर्यालद्धारा १५ शैयाको नगर अस्पताल शिलान्यास

मङि्सर १६, २०७७


भीरकोट
नेपाल सरकारको एक स्थानिय तह एक अस्पतालको नीति अनुरुप भीरकोट नगरपालिकामा १५ शैयाको नगर अस्पतालको संघीय सरकारका भूमी व्यवस्था, गरीबी निवारण तथा सहकारी मन्त्री पद्मा कुमारी अर्यालले शिलान्यास गर्नुभएको हो ।
भीरकोट नगरपालिका वडा न ६ मा रहेको खिलुङ्ग देउराली स्वास्थ्य चौकीको स्तरोन्नती गर्दै सोही वाडको एकुवारमा १५ शैयाको भीरकोट नगर अस्पताल निर्माण हुन लागेको हो ।
नगर अस्पतालको शिलान्यास गर्दै मन्त्री अर्यालले आफुँ स्वास्थ्य मन्त्री हुँदा ल्याएको योजना अहिले लागू भई कार्यान्वयनमा आउँदा र जनताको माझमा गरेको प्रतिवद्धता पुरा गर्न पाउँदा हर्ष लागेको बताउनुभयो ।
कोरोना भाईरसका कारण शुरुवातको विकराल अवस्थामा भीरकोट नगरपालिकाले स्याङ्गजाका सबै पालिकाका कोरोना संक्रमितहरुलाई आइसुलेसनमा राखी उपचार गर्ने प्रबन्ध मिलाई राम्रो व्यवस्थापन गरेकोमा धन्यवाद व्यक्त गर्दै शुक्रवार भीरकोटका नगर प्रमुख छायाराम खनाललाई कोरोना पोजेटिभ भई आइसुलेसनमा रही उपचार भइरहेको भन्दै सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको थियो ।

नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली र आरोग्य नेपाल, निरोगी नेपाली भन्ने नारालाई मुर्त रुप दिन संघीय सरकार लागी परेको भन्दै मन्त्री अर्यालले संघ, प्रदेश र स्थानीय तहको सहकार्य र समन्वयवाट नै देश र जनताको समृद्धी सम्भव हुने कुरामा जोड दिदै भीरकोटको समृद्धीको लागी कुनै पनि विकास निर्माणको कुरामा पदमा रहे नरहे पनि अनवरत रुपमा खटिरहने बताउनुभयो ।
शिलान्यास कार्यक्रममा भीरकोट नगरका कार्यावाहक नगर प्रमुख सिमा केसी कर्माचार्यले स्थानिय तहले मात्र भीरकोटका जनताका मागहरु पूरा गर्न नस्कने भन्दै संघ र प्रदेश सरकारले विशेष योजनाहरु ल्याई काम गर्ने सहज वातावरणको सिर्जना गर्नुपर्ने आजको आवश्यकता रहेको भन्दै कावा नगर प्रमुख कर्माचार्यले संघीय सरकार र मन्त्री अर्याललाई आभार व्यक्त गर्नु भएको थियो ।

भीरकोटका राजनितिक दलका पार्टी प्रमुखहरु नेका नगर सभापति तोयनाथ अर्याल, नेकपा नगर सचिव विश्वनाथ अर्यालले भौगोलीक हिसावले भीरकोटका ९ ओटै वाडको मध्य भागमा पर्ने १५ शैयाको नगर अस्पताल निर्माण भै संचालनमा आए संगै भीरकोटका जनतालाई वरदान सावित हुने बताए ।
सामान्य खालका रोगहरु लागे उपचारका लागी टाढा टाढा जानुपर्ने वाध्यता लाई नगर अस्पताल बनेसंगै आफ्नै नगरमा ती रोगहरु सरल र सहज रुपले उपचार हुने भएपछि भीरकोटका जनताहरु हर्षित भएको स्थानियहरुले वताए ।
९ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको नगर अस्पताल १८ करोड ६ लाख ८२ हजारको लागतमा सम्पन्न हुने वडा न ६ का वडा अध्यक्ष लक्ष्मण खत्री क्षत्री (रामकाजी) ले बताउनुभयो ।