नवीन सोच प्रतियोगितामा छनौट भएका उद्यमी पुरस्कृत

फागुन १३, २०७८


स्मार्ट अखबार संवाददाता १३ फागुन २०७८

स्याङ्जाको पुतलीबजारलाई उद्यमीकाे सहर बनाउने अभियान अन्तरगत नवीन सोच प्रतियोगितामा ६ युवा उद्यमीहरू पुरस्कृत हुनुभएको छ । पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को आर्थिक तथा प्राविधिक सहयोग र सुर्योदय क्लब, स्याङ्गजाको व्यस्थापनमा संचालित “कोभिड- १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल” अन्तर्गत उद्यमशीलता तथा नवप्रवर्तन कोषको नविन सोच प्रतियोगिताबाट छनौट भएका सहभागीहरुलाई पुरस्कृत रकमको पहिलो किस्ता बापत रू ५० हजार समेत प्रदान गरिएको नगरपालिकाले जनाएको छ।युवा उद्यमीहरू टोप बहादुर थापा, विशाल थापा, अन्जु शर्मा रेग्मी, बाबुराम थापा, महेन्द्र थापा र रवि बि.क. पुरस्कृत हुनुभएको हो ।

युवाहरूमा भएकाे नवीन साेचहरूलाई उद्यममा परिवर्तन गरी पुतलीबजारलाई उद्यमीको शहर बनाउने उद्देश्यले प्रतियोगिता संचालन गरिएको सूर्योदय क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । पुरस्कारको रकमले आफ्नाे साेच अनुसारकाे व्यवसाय शुरू गर्नुपर्ने र ती उद्यमीहरूलाई अन्य आवश्यक प्राविधिक सहयोग समेत उपलब्ध गराइने बताइएको छ।पुरस्कृत साेचहरूमा सुन्तलाकाे बाेक्राबाट ब्युटि क्रिम, ब्याल साेल्जरफ्लाई पालन, हाईड्राेफाेनपक ट्रे उत्पादन, बायाे फ्लग माछा पालन , पेरिस बुट्टा, थ्रिडि स्टिकर लगायतका रहेका छन ।