स्थानीय तहको निर्वाचन समयमै गर्न अनेरास्ववियू स्याङ्जाको दबाब

माघ १६, २०७८


माघ १६, २०७८

स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न अनेरास्ववियू स्याङ्जाले दबाब दिएको छ । लोकतन्त्रको मुल मर्म आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता र नागरिकको अभिमत नै भएकाले तुरुन्त स्थानीय तहको निर्वाचन गर्न अनेरास्ववियूले दबाब दिएको हो । आईतबार अनेरास्ववियू स्याङ्जाका जिल्ला संयोजक सगुन रानाद्धारा हस्ताक्षरित विज्ञप्तिमा स्थानिय तहको निर्वाचन तुरुन्त गरी संविधान र लोकतन्त्रको रक्षा गर्न चेतावनी दिएको छ ।

कुनै पनि बहानामा स्थानिय तहको निर्वाचन समयमा नगर्ने, स्थानीय तहलाई जनप्रतिनिधि विहिन बनाउने कार्य अनेरास्ववियूलाई स्वीकार्य नहुँने भन्दै संविधानभन्दा माथि कोही पनि हुँन नसक्ने जनाएको छ । परमादेशी सरकारको गलत कार्य तथा जनतालाई झुक्याउने दुस्प्रयासको भत्सर्ना गर्दै लुटतन्त्रका विरुद्ध, संविधान र लोकतन्त्रको रक्षाका लागी स्थानीय तहको निर्वाचन तुरुन्त हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ । साथै स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न दबाबमुलक कार्यक्रम स्वरुप सोमबार स्याङ्जामा प्रर्दशन गरिने अनेरास्ववियूका जिल्ला संयोजक रानाले जानकारी दिनुभयो ।