भीरकोटको स्थानीय पाठ्यपुस्तक विवादमा साभ नेपालको स्पष्टीकरण

फागुन १६, २०७८


१६ फागुन २०७८



भीरकोटको स्थानीय पाठ्यपुस्तक “हाम्रो भीरकोट” को सन्दर्भमा सामाजिक संञ्जालमा उठाइएका प्रश्नहरूको साभ नेपालले स्पष्टीकरण दिएको छ।साभ नेपालका अध्यक्ष डा. तुलसी खनाल प्रभासले गल्ती, कमीकमजोरी र वास्तविकतालाई समेटेर शिष्ट र सभ्य भाषामा स्पष्टीकरण दिनुभएको हो। तर सामाजिक संजालमा टिप्पणी गर्ने समाजका जिम्मेवार व्यक्तित्वहरूको  भाषा भने गालीगलौज शैली र तल्लो स्तरको पाइएको छ।पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गर्दा केही छपाइगत त्रुटीहरू भएको स्विकार गर्दै उहाँले भीरकोट ईतिहास पढेर मात्रै पाठ्यपुस्तकको विषयवस्तु उपर कमेन्ट गर्नु अनुरोध गर्नुभएको छ।पाठ्यक्रम निर्माण देखि पाठ्यपुस्तक छ्पाइ र प्रबोधीकरणमा समेत भीरकोटका सबै विद्यालयका शिक्षकहरूसँग छलफल र सहकार्य गरिएको साभ नेपालले प्रष्ट पारेको छ।प्रबोधीकरण कार्यक्रममा समेत शिक्षकहरूलाई गल्ती कमीकमजोरी औल्याउँदै लेखक वा नगर शिक्षा शाखामा लिखित सुझाव पेश गर्न जानकारी गराइसकिएको र अर्को शैक्षिकसत्रमा परिमार्जन गरि त्रुटीरहित बनाउन प्रयास गरिने अध्यक्ष खनालले प्रष्ट पार्नुभएको छ।



हेर्नुहोस् स्पष्टीकरण जस्ताको तस्तै:

आदरणीय भीरकोटबासी महानुभावहरू !!
भीरकोटको स्थानीय पाठ्यपुस्तकमा केही त्रुटि भएको भन्ने प्रतिक्रिया पाइयो । यो पुस्तक लेखनको सहजीकरण साभ नेपालले गरेको हो । म पाठ्यपुस्तकमा गल्ती भनेर लेख्ने महानुभावहरूलाई “स्याङ्जाको इतिहास” अध्ययन गर्न अनुरोध गर्दछु । स्रोत अध्ययन नगरी पाठ्यपुस्तक लेखिएको छैन । भीरकोट राज्यको इतिहास पहिला खिलुङ बाट सुरु भएको छ । इतिहासकार प्रा.डा. राजाराम सुवेदीको स्रोतलाई आधिकारिक मानिएको छ । अहिलेसम्म स्याङ्जाको प्रामाणिक इतिहास लेखन खिलुङबाट सुरु भएको मानिन्छ । भीरकोट राज्य पछि खिलुङबाट पारि सारिएको भन्ने स्पष्ट इतिहास छ । यसको अध्ययन गर्नुहोला । जनसंख्याको कुरा सबैभन्दा बढी वडा न ८ हुनुपर्नेमा प्रीन्टिङ मिस्टेक भएर ६ भएको हो । यसलाई हामीले स्वीकार गरिसकेका छौँ र हामीले प्रबोधीकरणमा सबै शिक्षकहरूलाई सच्याउन आग्रह गरिसकेका छौँ । अन्य पनि त्रुटि पक्कै होलान् हामी स्वीकार गर्छौं तर पुष्टि नभएका कुरा स्वीकार गर्न सक्दैनौं । प्रमाण लिएर आउनुस् अवस्य परिमार्जन हुनेछन् । हामी अब तुरुन्तै सबै शिक्षक साथीहरूसङ्ग बसेर परिमार्जनको तयारीमा छौँ । सबै भीरकोटबासीको सहयोगमा निर्माण भएका पुस्तक हुन् यी र पुनः परिमार्जनको क्रममा पनि छन् । त्रुटिरहित कुरा संसारमा केही हुन्छ भने बताइदिनु । आउनुस् सबै मिलेर त्रुटि न्यूनीकरण गरौँ । सुझाव र आलोचना दुबैका लागि धन्यवाद !!
स्मरण रहोस् : भीरकोटको पहिलो दरबार पनि खिलुङमै स्थापना भएको मानिएको छ !!
र यो पनि पढिदिनु होला र सबैजना भ्रमबाट ब्युँझिदिनुहोला !!
http://himalaya.socanth.cam.ac.uk/collections/journals/ancientnepal/pdf/ancient_nepal_152_04.pdf
– अध्यक्ष
साभ नेपाल, पोखरा ।