माझी समुदाय सहित ८२ घरपरिवार लालपुर्जाबिहिन

साउन १८, २०८०


स्मार्ट संवाददाता , स्याङ्जा
१८ साउन २०८०

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा कालीगण्डकी जलविद्युत केन्द्रको ड्यामको वरपर बसोबास गर्दै आएका माझी समुदाय र अन्य गरी ८२ घरपरिबार लालपूर्जा अझैपनि लालपूर्जाबिहिन भएका छन् ।

आँधिखोला र कालिगण्डकीको संगमस्थल आँधिमुहानमा बसोबास गर्ने माझी समुदायका ३८ घरपरिवारको लालपुर्जा छैन। पूर्खौदेखी नदिकिनारमा बसोबास गर्दै माछा मार्ने, डुङ्गा चलाउने, नदिले ल्याएका काठपात छोपेर जीविकोपार्जन गर्दै आएका माझी समुदायले आजभोलि अन्य व्यवसाय पनि गर्न थालेका छ्न्। तर घरबास बनाएर बसेका भएपनि लालपुर्जाको टुंगो नहुँंदा उनीहरूको मनमा चैन छैन।

कालीगण्डकी जलविद्युत आयोजनाको स्थापनासँगै मिर्मी आँधीखमुहानमा बसोबास गर्ने यी सीमान्तकृत समुदायको घरपरिवारहरूले लालपुर्जा पाउने आशा चाहिँ छोडेका छैनन् ।अहिले यहाँको ६६ घरधुरीले भगवती माध्यमिक विद्यालयको गुठी जग्गा अन्तर्गत कित्ताकाट गरेर विद्युतको सेवा उपभोग गरिरहेका छन् ।

कालीगण्डकीभित्रका अव्यवस्थित बासोबास गर्दै आएका ८२ घर परिवारको समस्यालाई राम्रोसँग बुझेका कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले संघीय सरकार मातहत रहेको राष्ट्रिय भूमी आयोगले बाटो नखोलेसम्म समस्याको हल गर्न कठिन रहेको बताए । स्थानीय सरकारले लालपुर्जाबिहिन नागरिकको समस्या समाधान गर्न सरोकारवाला निकायसँग समन्वयको प्रयास गरिरहेको बताए ।