भीरकोट नगरपालिकाद्वारा जेष्ठ नागरिकहरुलाई सम्मान।

बैशाख ०३, २०७८


नयाँ बर्षको अवसर पारेर भीरकोट नगरपालिकामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ। २०७८ साल बैशाख १ गते बुधबारको दिन भीरकोट नगरपालिकाको वडा नं ८ का ५० जना जेष्ठ नागरिक तथा वडा नं १ का ४३ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो।सोही कार्यक्रममा भीरकोट नगरपालिका वडा नं १ मा रहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रको समेत उद्घाटन भएको छ।





कार्यक्रमको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेशका माननीय सांसद मेखलाल श्रेष्ठले यस सेवा केन्द्रलाई जेष्ठ नागरिकहरुले पूर्ण रुपमा उपयोग गरेर आफ्नो मन भुलाउने, एक अर्का बीच माया, प्रेम, सद्भाव साटासाट गर्न र दैनिक रुपमा भेला भई सजिलै समय बिताउन सकिने भन्दै नगरपा

 

लिकाले चालेको कदमको प्रसंसा समेत गर्नुभयो ।सम्मान कार्यक्रममा जेष्ठ नागरिकको तर्फबाट भीरकोट ८ का मोहन बहादुर गुरुङ्ले आफ्नो मन्तब्य राख्नुभएको थियो।वडा नं ८ मा भएको सम्मान कार्यक्रममा शुभकामना मन्तब्यका क्रममा नगर उप-प्रमुख सिमा केसी कर्माचार्य, वडा अध्यक्ष लगायतले जेष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिँदै एक दिन मात्रै नभएर जेष्ठ नागरिकलाई सधैं सम्मान गर्नुपर्नेमा जोड दिएका थिए। वडा नं ८, ढापुकमा संचालन भएको सम्मान कार्यक्रमको उत्तरार्धमा बोल्दै नगर प्रमुख छायाराम खनालले जेष्ठ नागरिक समाजको मार्गदर्शक भएको बताउँदै उहाँहरुको अनुभवबाट धेरै कुरा सिक्न सकिने बताए।

एता वडा नं १ मा रहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रको उद्घाटन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडा अध्यक्ष दिपेन्द्र केसी, पुर्व गाविस अध्यक्ष एबं समाजसेवी गोबिन्द कुमार कर्माचार्य, नगर उप-प्रमुख सिमा केसी कर्माचार्यले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयको थियो।कार्यक्रममा बोल्दै  माननीय सांसद मेखलाल श्रेष्ठले आजका युवा पिंडीले आफ्ना बुवा आमाले गरेका त्याग र तपस्याहरुको उचित कदर गर्न सक्नु पर्ने कुरामा जोड दिनुभयो।कार्यक्रमको अन्त्यमा नगर प्रमुख खनालले आफूले अरुको सम्मान गर्न सकेमा त्यही संस्कार आफूमा लागू हुने कुरामा जोड दिनु भयो। आफ्ना बुवा आमाको बुढेसकालको सारथी बनि हाँसी खुसी बृद्ध आमा-बुवाको पालन पोषण गर्ने असल छोरा-बुहारीहरुलाई सम्मान गर्ने घोषणा गर्नुभयो।