भीरकाेट जेसिजकाे तेश्राे पदस्थापना तथा पुरस्कार वितरण सम्पन्न

माघ १८, २०७७


भीरकाे जेसिजकाे तेश्रो पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे छ । नगर प्रमुख तथा प्रमुख अतिथि श्री छायाराम खनालकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख खनालले स्थापनाकालबाट नै आफ्नो विशेष चासाे र सहयाेग रहँदै आएकाे र आगामी दिनमा अझै बढी सहयाेगका लागि तत्पर रहेकाे कुरा जानकारी गराउनु भयाे । भीरकाेट जेसिजका एकमात्र मानाथृ सदस्य समेत रहनुभएका प्रमुख अतिथि खनालले जेसिजले बनाएका कार्ययाेजनालाई नगरपालिकाले विशेष सम्बाेधन गर्ने प्रतिवद्धता समेत जाहेर गर्नुभयाे ।

भीरकाेट जेसिज वर्ष २०२० का अध्यक्ष मिना खाँणबाट नव निर्वाचित भीरकाेट जेसिज वर्ष २०२१ का अध्यक्ष प्रसुन मगरलाई विधिवत रुपमा पद हस्तान्तरण गरिएकाे उक्त कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भोजराज चापागाई, भीरकोट जेसिजका संस्थापक अध्यक्ष उमेश गुरुङ्, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि गाेविन्द कुमार कर्माचार्य, भीरकोट जेसिज स्थापनामा अग्रणी भूमिका निर्वाह गर्नुहुने वडा नं. ५ का अध्यक्ष याम प्रसाद अधिकारी (अक्ष्मण), नगर प्रवक्ता एवं वडा नं. १ अध्यक्ष दिपेन्द्र के‍.सी., वडा नं. ६ का अध्यक्ष लक्ष्मण खत्री क्षेत्री (रामकाजी), वडा नं. ९ का अध्यक्ष भिम बहादुर गुरुङ्ग, नगर वोर्ड सदस्य विष्णु काफ्ले, ने.क.पा. भीरकोट सचिव विश्वनाथ अर्याल, रा.प्र.पा. प्रतिनिधि पदम बहादुर श्रेष्ठ, वालिङ जेसिज वर्ष २०२० अध्यक्ष होमकान्त गौतम, माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डोलराज ढुंगाना, नगर बाल संजाल अध्यक्ष सुदिप पौडेल लगाएतका वक्ताहरुले बाेल्नु भएकाे थियो ।

कोभिड-१९ काे महामारीका बेलामा अनलाइन प्रविधिबाट संचालन गरिएको बालमैत्री सम्बन्धि बक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण तथा विभिन्न क्षेत्रमा ख्याती प्राप्त व्यक्तित्वहरुलाई सम्मान समेत प्रदान गरिएको उक्त कार्यक्रममा बाल कलाकार प्रिन्स लम्साल तथा लोक गायक नेत्र खड्काले उपस्थित दर्शक तथा सम्मानित व्यक्तित्वहरुलाई नचाएर थप रोमाञ्चकता प्रदान गर्नुभएको थियो । भीरकोट जेसिज वर्ष २०२१ का महासचिव कृष्ण प्रसाद पौडेलले संचालन गर्नुभएको उक्त कार्यक्रम भीरकोट नगरपालिका बयरघारी स्थित सम्राट सदनमा सम्पन्न भएको थियो ।