भीरकोट जेसीजको ५औं पदस्थापना, नगर प्रमुख कर्माचार्यलाई मानार्थ सदस्यता प्रदान

माघ १५, २०७९


स्मार्ट संवाददाता, भीरकोट
१५ माघ २०७९

विज्ञापन

स्याङ्जाको भीरकोट जेसीजको ५ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा वर्ष २०२२ का अध्यक्ष कृष्णप्रसाद पौडेलले वर्ष २०२३ का अध्यक्ष सुन्दर कोइरालालाई आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरण गर्दै आफ्नो कार्यभार सुम्पिएका थिए । साथै वर्ष २०२२ का अध्यक्ष पौडेलले २०२३ का नवनिर्वाचित अध्यक्ष कोइरालालाई सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष कोइरालाले विभिन्न पदमा मनोनित गर्दै कार्यसमितिलाई पूर्णता दिएका थिए । जस अन्तर्गत महासचिवमा शिव खनाल, कोषाध्यक्षमा रिवन विश्वकर्मा र कानुनी सल्लाहकारमा बर्षा पंगेनी रहेका छन् । यस अघि भएको निर्वाचनबाट कार्यकारीणी उपाध्यक्षमा विजय गुरुङ र बिमला रेग्मी श्रेष्ठ, उपाध्यक्षहरुमा विनोद अधिकारी, खगेन्द्र थापा, भुपेन्द्र चापागाई र सुशील अर्याल निर्वाचित भएका थिए । नवनिर्वाचित अध्यक्ष काइरालाले बोर्ड सल्लाहकारमा राज कुमार गुरुङ, अध्यक्षीय सल्लाहकारमा भरत खड्का, तालिम आयुक्तमा सिर्जना गौतम, शाखा सम्पादक सुशील खाँण, सचिवमा रुद्र ढुंगाना, महिला परिचालिकामा गेमा थापा र युवा परिचालकमा हरि श्रेष्ठ लाई मनोनित गरेका छन् । निर्वाचित तथा मनोनित पदाधिकारीहरुलाई अध्यक्ष कोइरालाले सामुहिक सपथ ग्रहण गराएका थिए ।

भीरकोट नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यकोे प्रमुख आतिथ्यता तथा शाखा अध्यक्ष कृष्णप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख भगवती रेग्मी अर्याल, निवर्तमान नगर प्रमुख छायाराम खनाल, नेपाली काँग्रेसका नगर सभापति लक्ष्मण अधिकारी, भीरकोटका वडाध्यक्षहरु दिपेन्द्र केसी, श्यामकाजी अधिकारी, रत्नप्रकाश श्रेष्ठ, सु. कृष्णकहादुर थापा, ताराप्रसाद अर्याल, नन्दलाल खनाल, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष अमृत अर्याल, नेकपा एमालेका नगर सचिव पर्वत खाम्चा र भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदिश प्रसाद कोइराला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रमकै दौरान नगर प्रमुख गोविन्द कुमार कर्माचार्य र नेपाली काँग्रेस भीरकोटका नगर सभापति याम प्रसाद अधिकारी (लक्ष्मण) लाई मानार्थ सदस्यता प्रदान गरिएको थियो।